मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:०५
वासिङटन डिसी 02:20

टेक्सासमा निधन भएका प्रमोद भट्टराईको शव नेपाल पठाउने प्रकृयाका लागि गोफण्डमा २० हजार डलर संकलन

इनेप्लिज २०७७ फागुन ७ गते ३:५० मा प्रकाशित

लुइभेल, केन्टकी । टेक्सास राज्यको ह्युष्टन शहरमा असामयिक निधन भएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको शवलाई नेपाल पठाउने प्रकृया सुरु भएको छ । शवलाई नेपाल पठाउन आवश्यक भएको करिव १५ हजार डलर राखिएकोमा २० हजार डलर संकलन भइसकेको नेप्लिज एशोसियसन अफ ह्युष्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिनुभयो ।

अध्ययनको शिलशिलामा पांच वर्ष अगाडि अमेरिका आएका प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको थियो । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने यकिन भने हुन सकेको छैन ।

झापाको वुधवारे घर भएका प्रमोदले काम र अध्ययनलाई संगसंगै अगाडि वढाउंदै आएका थिए । झापामा रहेको स्वर्गीय प्रमोदको परिवारले शवलाई नेपाल पठाइदिन आग्रह गरे अनुरुप नेप्लिज एशोसियसन अफ ह्युष्टनले गोफण्ड खाता खोलेर तत्कालै प्रकृया अगाडि वढाएको हो ।

मैले नेप्लिज एशोसियसन अफ ह्युष्टनका उपाध्यक्ष द्रोण गौतमजीसंग फोनमा कुरा गरेर शव नेपाल ल्याइदिन आग्रह गरे र एशोसियनले तत्कालै अग्रसरता लिएर प्रकृया सुरु गरेकोमा परिवारको तर्फवाट हार्दिक आभार प्रकट गर्न चाहन्छु, झापावाट स्वर्गीय प्रमोदका काका रेवतवहादुर भट्टराईले फोनमा भन्नुभयो ।

‘संभवत आज पोष्टमार्टमको रिपोर्ट प्राप्त हुन्छ, त्यसपछि हामी शवलाई नेपाल पठाउने प्रकृयामा लैजान्छौ’, एशोसियसनका उपाध्यक्ष गौतमले इनेप्लिजसंग भन्नुभयो, ‘हामीले नेपाली दुतावाससंग समन्वय गरिसकेका छौ र उहांहरुले आवश्यक सवै सहयोग गर्ने जानकारी दिनुभएको छ ।’

पोष्टमार्टम रिपोर्ट आउनासाथ स्वर्गीय प्रमोदको शवलाई स्थानीय फनेरल होममा लैजाने र सवै प्रकृया पुरा गरेर शवलाई यथाशक्य चांडो नेपाल पठाउने तयारीमा आफुहरु रहेको उपाध्यक्ष गौतमले वताउनुभयो ।

गोफण्डको यो लिंकमा क्लिक गरेर स्वर्गीय प्रमोदको शवलाई नेपाल पठाउन सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।

https://www.gofundme.com/f/help-return-pramod-bhattarais-body-to-nepal?fbclid=IwAR24yB0XTbzMH6ZphAAgfpZREyv8SfI_4yc6joFOlL6YW6alM22_c3hkzF0

प्रतिक्रिया