अर्जुन राज पन्त
सँगै बसेर पुग्दिए खान
पर्दैनथ्यो आज परदेशमा जान
झ्याङ्गिदै आयो देश लुट्ने धन्दा
जानु नि परदेश त्यो गर्नु भन्दा
कमाउन आए नि परदेश तिर
हरपल हुन्छ स्वदेशकै पीर
भुँइचालो आयो बाडी पहिरो लाए
गास काटेर पैसा पठाए
परिवार उतै अनि जमिन ज्यथा
बुझ्दैन नेपाल परदेशी ब्यथा
नागरिकता नलिए एता बस्न गार्हो
नागरिकता लिए उता पस्न सार्हो
ग्रिनकार्डमा मात्र परदेशमा बस्दा
धड्किन्छ मुटु एअरपोर्टमा पस्दा
फेरियो परदेश आए यस्ता दिन
बाध्यता हाम्रो बुझ्दैनन् किन?
सम्बिधानले पनि नागरिक नै भन्छ
भिसा लगाउने कानुन बन्छ !
छ यस्तो अन्त हेर चारै दिशा
नागरिकलाई नै को लाउछ भिसा?
रेमिट्यान्समा बाँच्दा नि यो बदला लिए
नागरिकता भन्दै के दिए -दिए!
देखाइ त्यहि केहि खोज्दा किन्न
हुँदैन् भन्छ सिमकार्ड नि दिन्न!
मालपोतले भन्छ यो चाँहि लिन्न
ब्याङ्कले नि भन्छ यो खाता दिन्न
न चिन्छ ब्याङ्कले न लिन्छ मालले
बेहत्तर बनायो सरकारी चालले!
परदेशीए नि नेपाली नै हो
खै किन यस्तो भेदभाब भै गो!
सहज पार्दिए फर्केर जान्थे
एता कमाएको लगेर खान्थे
बिर्को ढाकेर भर्न राखेर
भरिन्न भाँडो पानी थापेर
फर्किन्न चङ्गा धागो चुँडले
फुल्दैन कमल तलाउ हुँडले
सकिन्न भने अधिकार दिन
खोस्टा त्यसरि बाँड्नु पो किन ?
जिउँदो त हो रे तर प्राण छैन
नागरिक हो रे नेपाली हैन!
अर्जुन राज पन्त, बाग्लुङ मुलपानी हाल टेक्सास अमेरिका
प्रतिक्रिया