वासिङ्टन, डी.सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारका विभिन्न निकाय (एजेन्सी)हरूमा गर्ने भनिएको सामूहिक बर्खास्त अर्थात् हटाउने योजना हाललाई रोकिएको छ। अमेरिकी नवौं सर्किट अपील अदालतले तल्लो अदालतको आदेशलाई स्थगित गर्न ट्रम्प प्रशासनको माग अस्वीकार गरेको छ।
यस निर्णयले राष्ट्रपति ट्रम्पको संघीय सरकारलाई व्यापक रूपमा सानो बनाउने योजनामा ठूलो झड्का पुर्याएको छ। सिएनएनका अनुसार ट्रम्प प्रशासनले दर्जनौं संघीय निकायहरूमा कर्मचारी हटाउने योजना अघि बढाउने प्रयास गरेको थियो, तर मे ९ मा जिल्ला न्यायाधीश सुजन इल्सटनले संसदको अनुमति बिना यति ठूलो संरचनागत परिवर्तन असंवैधानिक हुने ठहर गरेपछि योजना रोकिएको थियो।
अहिले अपील अदालतले पनि सो आदेशलाई कायम राख्दै भनेको छ, “कानूनी चुनौती समाधान नभएसम्म सामूहिक हटाइ कार्यान्वयन गर्न पाइँदैन।”
यो घटनाले कार्यपालिकाको अधिकार सीमित छ भन्ने देखाएको छ । संसदको सहमति विना संघीय संरचनामा व्यापक परिवर्तन गर्न पाइँदैन। ट्रम्पको अभियान “सरकार सानो बनाउने” नीतिका विरुद्ध यो कानुनी रोक महत्वपूर्ण मोड बन्न पुगेको छ।
प्रतिक्रिया