हमासले राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतमार्फत अगाडि सारिएको गाजा युद्धविराम योजनामा आफ्नो आधिकारिक प्रतिक्रिया दिएको जनाएको छ। यद्यपि, हमासले आफ्नो जवाफको पूर्ण विवरण सार्वजनिक गरेको छैन।
शनिबार सार्वजनिक वक्तव्यमा हमासले भन्यो, “कतार र इजिप्ट मार्फत बुझाइएको हाम्रो प्रस्ताव स्थायी युद्धविराम, गाजा क्षेत्रबाट इजरायली सेनाको पूर्ण फिर्ता र गाजावासीका लागि राहत सहायता सुनिश्चित गर्न लक्षित गरिएको हो।”
उक्त प्रस्तावअनुसार, गाजामा रहेका १० जना इजरायली बन्धकलाई जीवितै रिहा गरिने र १८ जना मृतकहरूको शव फिर्ता गरिनेछ, सट्टामा २५ जना आजीवन कारावास पाएका प्यालेस्टिनी र १,१११ जना युद्धपछि गिरफ्तार गरिएका गाजालीहरू रिहा गरिनेछन्।
सिएनएनले प्राप्त गरेको प्रस्ताव दस्तावेज अनुसार ६० दिनको युद्धविराम सुरु भएको पहिलो दिनदेखि नै स्थायी युद्धविरामका लागि वार्ता सुरु हुनेछ। यस अवधिमा मानवीय सहायता संयुक्त राष्ट्रसंघ र रेड क्रिसेन्टजस्ता सहमति भएका निकायमार्फत गाजामा तुरुन्त प्रवेश गराउने व्यवस्था गरिएको छ।
यद्यपि, प्रस्तावमा स्थायी युद्ध अन्त्यको स्पष्ट प्रत्याभूति छैन, जुन हमासको प्रमुख माग हो।
हमासका राजनीतिक बिभागसदस्य बासेम नाइमले भनेका छन्, *”यो रूपरेखा हमासका प्रमुख मागहरूलाई सम्बोधन गर्दैन,” जसले प्रस्तावमाथि आरम्भिक झुकाव नदेखाएको संकेत गर्छ। इजरायली अधिकारीले नयाँ अमेरिकी प्रस्ताव स्वीकार गरिएको पुष्टि गरेका छन्।
प्रतिक्रिया