ट्रम्पको विशाल सुन्दर विधेयक अमेरिकी सिनेटबाट पारित

इनेप्लिज २०८२ असार १७ गते १६:३४ मा प्रकाशित

वाशिङटन, जुलाई १ – अमेरिकी सिनेटमा रिपब्लिकनहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको विशाल कर छुट र खर्च कटौती सम्बन्धी विधेयक पारित गराएका छन्।  ५०–५० को बराबर स्थिति उपराष्ट्रपति जे.डी. भ्यान्सको निर्णायक मतले तोडिएको हो । विधेयक अन्ततः पारित भएको छ ।

यो विधेयकलाई पारित गराउन रातभर चलेको थकाउने सत्र पछि मंगलवार बिहान अन्ततः अनुमोदन गरिएको हो।

तर यो प्रक्रिया सहज थिएन—तीन जना रिपब्लिकन सिनेटरहरू थोम टिलिस (उत्तर क्यारोलाइना), सुसन कोलिन्स (मेन), र र्यान्ड पाउल (केन्टकी) ले विधेयकको विरोधमा मतदान गरे।

यस ऐतिहासिक निर्णयपश्चात, राष्ट्रपति ट्रम्पले फ्लोरिडा इभर्ग्लेड्स नजिकैको नयाँ आप्रवासन हिरासत केन्द्रमा आयोजित गोलमेच बैठकमा सहभागीहरूलाई सम्बोधन गर्दै भने, “अब हामी घर फर्कन्छौं र त्यो विशाल सुन्दर विधेयक पारित भएको उत्सव मनाउँछौं।”

प्रतिक्रिया