नेक इन्जेनियम २०२५ सुरु

इनेप्लिज २०८२ असार १७ गते २१:३३ मा प्रकाशित

काठमाडौं, असार १७

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा मंगलबारदेखि नेक इन्जेनियम २०२५ सुरु भएको छ । इन्जिनियरिङ कार्यक्रम अन्तर्गत पहिलो दिन विश्व समस्याहरू समाधान गर्न प्रतिभाशाली दिमागहरूलाई एकसाथ ल्याउने ह्याकाथन कार्यक्रम भयो

कार्यक्रम तीनदिनसम्म चल्नेछ । कार्यक्रम अन्तर्गत दोश्रो दिन बुधबार “एक विश्व एक समाधान“ शीर्षकको आन्तरिक कार्यक्रम आयोजना गरिने जनाइएको छ । यसले सहकार्य र एकीकृत नवप्रवर्तनलाई प्रोत्साहन गर्ने आयोजक कलेजको विश्वस छ ।

तेश्रो तथा अन्तिम दिन विभिन्न प्रतियोगिताहरु हुने कलेजका प्राचार्य इन्जिनियर दुर्गाप्रसाद भण्डारीले जनाए । यस अन्तर्गत पोस्टर डिजाइन प्रतियोगिता, पप्सिकल ब्रिज प्रतियोगिता, आर्किटेक्चरल मोडेल शोकेस, रोबोसकर प्रतियोगिता हुने जनाइएको छ । साथै टेकएक्स इनोभेसन मेला (कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूद्वारा परियोजना प्रदर्शनी), वास्तुकला, सिभिल, र सिभिल तथा ग्रामीण इन्जिनियरिङका विद्यार्थीहरूका लागि नवीन पूर्वाधार चुनौती कार्यक्रम हुने आयोजक कलेजको भनाई छ ।

अन्तिम दिनका थप हाइलाइटहरूमा कार्यक्रमलाई प्रवद्र्धन गर्न उपत्यकाका इन्जिनियरिङ कलेजहरूमा फ्ल्यास मोब अभियान, राष्ट्रव्यापी सर्टएक्स भिडियो चुनौती, जहाँ नेपालभरका +२ विद्यार्थीहरूले एसटिइएम विषयवस्तुहरूमा रीलहरू सिर्जना गरेर भाग लिने जनाइएको छ । यस प्रतियोगितामा डिप्लोमा र +२ कलेजहरूबाट नवीन मोडेलहरू प्रस्तुत गर्ने खुला विज्ञान प्रदर्शनी हुने छन् ।

तीनदिने कार्यक्रम अन्तर्गत नौ वटा इभेन्टस्हरु हुने र प्रत्येक इभेन्टस्मा पहिलो र दोश्रो हुनेलार्ई नगदसहितको पुरस्कार वितरण गर्ने कार्यक्रम संयोजक एसोसिएट प्रोफेसर विश्वदीप मैनालीले जनाए । कार्यक्रमका लागि इन्टरनेट सेवा प्रदायक संस्था भाइनेटलगायतका विभिन्न संघसंस्थाहरु सहयोग संस्थाको रुपमा रहेको जनाइएको छ ।

नेपालका भविष्यका इन्जिनियरहरू र प्राविधिकहरू बीच नवप्रवर्तन, रचनात्मकता र अन्तरविषय सहकार्य प्रदर्शन गर्ने यस गतिशील कार्यक्रममा उपस्थित हुन र कभर गर्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया