ओभल कार्यालयमा ट्रम्पद्वारा इलन मस्कलाई सुनको चाबी उपहार – “देशभक्त मस्कले गरेको योगदान अतुलनीय छ”

इनेप्लिज २०८२ जेठ १७ गते २०:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिस(कार्यालय)मा आयोजित विशेष कार्यक्रममा इलन मस्कलाई एउटा सुनको चाबी उपहार स्वरूप प्रदान गरेका छन्। ट्रम्पले उक्त उपहार मस्कको “अतुलनीय सेवा र देशभक्तिको” कदर स्वरूप दिएको बताए।

“इलनले यस्तो सेवा दिए जुन अरू कसैले पनि गर्न सक्दैन। उनले अनेकौं आलोचना, झुटा आरोप र आक्रमण झेले, जुन दुर्भाग्यपूर्ण हो। तर उनी एक अविश्वसनीय देशभक्त हुन्,” ट्रम्पले उपहार हस्तान्तरण गर्दा भने।

मस्कले राष्ट्रपति ट्रम्पबाट उपहार पाउँदा आभार प्रकट गरे र ओभल कार्यलयमा गरिएको पुनर्निर्माण कार्यको खुलेर प्रशंसा गरे।

ट्रम्पले इलन मस्कको अमेरिका प्रतिको प्रेम उल्लेख गर्दै भने, “उनी दक्षिण अफ्रिकामा जन्मिएका भए पनि अमेरिकालाई उनी माया गर्छन्, मलाई त्यो राम्रोसँग थाहा छ।”

राष्ट्रपति ट्रम्पले मस्कको सरकारीकर्मचारीको रूपमा सेवा समाप्त भएको घोषणा गर्दै भने, “मलाई लाग्छ उनी पूर्णरूपमा गएका होइनन्। यो परियोजना उनको बच्चा जस्तै हो। उनी फर्किएर पनि धेरै काम गर्नेछन्।”

ट्रम्पले आफ्नो प्रशासनले सरकारी दक्षता बिभाग कर कटौतीलाई स्थायी बनाउने प्रतिबद्धता पनि दोहोर्‍याए।

सरकारी कार्यक्षमता विभागले इलन मस्कको कार्यकालमा उल्लेखनीय खर्च कटौती गरेको ट्रम्पले बताए। कार्यक्रमको सुरुवातमै ट्रम्पले इलन मस्कको कामको प्रशंसा गर्दै भने, “उनी अद्भुत छन्। इलनले असाधारण काम गरेका छन्।”

प्रतिक्रिया