ताजा समाचार : फ्लोरिडाको टालाहासीमा विशाल छापा — १०० भन्दा बढी आप्रवासी पक्राउ

इनेप्लिज २०८२ जेठ १७ गते २३:५१ मा प्रकाशित

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिइ) ट्याम्पा इकाईले मे २९ मा फ्लोरिडाको टल्लाहास्सीस्थित एक ठूलो निर्माणस्थलमा संघीय निकायहरूसँग मिलेर एक व्यापक कारवाही सञ्चालन गरेको छ। यो छापा अमेरिकी इतिहासमै हालसम्मको सबैभन्दा ठूलो कार्यस्थल कारवाहीहरूमध्ये एक मानिएको छ।

यस अपरेशनमा १०० भन्दा बढी आप्रवासी कामदारहरू पक्राउ परेका छन्, जसमा धेरै जना कागजातविहीन वा आप्रवासन नियम उल्लंघन गर्नेहरू रहेको बताइएको छ। आइसिइको नेतृत्वमा सञ्चालन गरिएको टोलीमा गृह बिभाग ,श्रम विभाग र अन्य संघीय निकायहरू संलग्न थिए।

आइसिइका अधिकारीहरूले बताएअनुसार, पक्राउ परेका व्यक्तिहरू माथि झुटो परिचयपत्र प्रयोग, अवैध रूपमा काममा संलग्नता, र संघीय नियम उल्लंघनको आरोप लगाइएको छ। प्रारम्भिक जाँचपछि केहीलाई तुरुन्तै देश निकाला प्रक्रियामा लगिएको र केहीलाई हिरासतमा राखिएको जनाइएको छ।

संघीय अधिकारीहरूले भनेका छन् कि यस्तो कारवाहीले अमेरिकामा आप्रवासन नियमहरूको पालना गराउने उद्देश्य बोकेको छ। उनीहरूले कम्पनीमाथि पनि छानबिन भइरहेको जनाएका छन्, जसले ती श्रमिकहरूलाई अवैध रूपमा नियुक्त गरेका थिए।

प्रतिक्रिया