अमेरिकी इस्पात (स्टील )बचाउन ट्रम्पको ठूलो कदम: इस्पात आयातमा ५०% महसुल घोषणा

इनेप्लिज २०८२ जेठ १८ गते ०:३६ मा प्रकाशित

पेन्सिल्भेनिया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इस्पात (स्टील )उद्योगलाई थप संरक्षण गर्न भन्दै इस्पात (स्टील )आयातमा लगाइएको महसुल २५% बाट बढाएर ५०% पुर्‍याउने घोषणा गरेका छन्।

शुक्रबार पेन्सिल्भेनियामा आयोजित र्‍याली(भेला)मा बोल्दै ट्रम्पले जापानी कम्पनी निपोन इस्पात (निपोन स्टिल ) र युएस स्टिल (अमेरिकी इस्पात)बीचको साझेदारीलाई समर्थन जनाउँदै यो नयाँ महसुल नीति “अमेरिकाको इस्पात उद्योगलाई अझ सुरक्षित बनाउने” दाबी गरे।

“हामी आफ्नो देशको इस्पात रक्षा गर्छौं। हामीले २५% महसुल लगायौं, अब त्यो ५०% हुनेछ,” ट्रम्पले भने। उनले यो नयाँ महसुल दर जुन ४ देखि लागु हुने पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

यो घोषणाले गत मार्चमा सुरु गरिएको ट्रम्पको स्वतन्त्र दिवस “लिबरेशन डे” महसुल अभियानलाई अझ तीव्र बनाउने देखिन्छ, जसअन्तर्गत उनले स्टील र एल्युमिनियममा पहिलोपटक उच्च महसुल लगाएका थिए।

विश्लेषकहरूका अनुसार यो कदम चुनावी वर्षमा औद्योगिक राज्यहरूमा ट्रम्पको लोकप्रियता बढाउन रणनीतिक हिसाबले लिइएको हो।

प्रतिक्रिया