खगेन्द्र प्रसाद आचार्य
तिमिसग आँखा जुधी हाले।
तिम्रा आखाले मोहनी लगाइ हाले।
तिम्रा आखामा मेरा आँखा फसि हाले।
तिम्रा आँखामा म बसि हाले।
म ती आखामा हराउदै गए ।
बिस्तारै निस्तारै बेहोस हुँदै गए ।
आफैले थाहा नपाउने किसिमले,
फस्तै डुब्दै गए म सजनी ।
दिन बित्छ तिम्रो यादको साथ।
रात बित्छ तिम्रो सपनिको साथ।
यो दिल सधै उदाश भइ दिन्छ।
पुराना नया घटना सम्झेर एकैसाथ।
अस्ति तिमी छोडेर गयौ,
मसगका एक एक सपना भुलेर।
म तिमीलाई कुरि रहे सजनी ।
आशा पोको पारेर।
मेरा हरेक कदम कदममा,
काधमा काध मिलाएर साथ दियौ।
चादनी रातमा भेटने कसम थियो।
बिहान हुनासाथ बादलले चादनी छोपी दियो।
तिम्रा आँखा बाट झरेका आँसु ,
ती ओठको जादुमय मुस्कान,
त्यो दिलमा भरिएका यादका पलपल,
कसरी आजै भुल्न सक्छुम सजनी ?
थोरै थोरै इमान इज्जत,
बचाएर राखेकी छु यो समाजमा।
पुराना केही सपना याद दिलाउन,
एउटा पत्र पठाउदै छु आज प्रबिण।
साथ निभाउछु भन्नेले छोडे पछि,
यो जिन्दगी दोसाधमा पुगे पछि,
पुर्ण चादनी रातको समयमा,
तिम्रो पत्र पाए सजनी ।
मेरो परिचय बदली सकेको थियो।
भुली सकेको तिम्रो नाम याद आयो ।
चार थोपा आँसु झार्ने बनायो।
बाडुल्किले मलाइ बेहोस तुल्यायो।
बिबसतामा फसेको आवाजले,
फेरि झस्कायो मलाइ सजनी ।
तिमीलाइ भेटने सोच्दा सोच्दै,
यमराजले खबर पठायो
प्रतिक्रिया