सगरमाथा आरोहण स्मरणमा भर्टिकल च्यालेन्ज कप २०२५’ सम्पन्नः मन्त्री स्वयं चढे वाल

इनेप्लिज २०८२ जेठ १२ गते १६:३९ मा प्रकाशित

ललितपुर, जेठ ११ – पहिलो पटक सगरमाथाको दक्षिण (नेपाल) र उत्तर (चीन) बाट सफलतापूर्वक आरोहण गरेकी पत्रकार कल्पना महार्जनको २०१८ र २०१९ मे २३ का दिन सम्पन्न ऐतिहासिक यात्राको स्मरणमा आयोजना हुँदै आएको “ललितपुर क्लाइम्बिङ फेस्टिभल” यस वर्ष छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न भयो ।

कार्यक्रमको मुख्य आकर्षण ‘मे २३ केएमइए छैठौं भर्टिकल च्यालेन्ज कप २०२५’ प्रतियोगिता थियो, जुन बागमती प्रदेशको झम्सिखेलस्थित एसेडन्ड क्लाइम्विंग सेन्टरमा सम्पन्न भयो । नेपाल स्पोर्ट क्लाइम्बिङ संघ र काठमाडौं उपत्यका विशेष समितिको संयोजनमा तथा माउण्टेन एभेन्च्योर स्पोर्टस् एकेडेमीको सहकार्यमा आयोजना गरिएको थियो ।

मन्त्री स्वयं वाल चढ्दै उदघाटन

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको औपचारिक उदघाटन गर्नुका साथै आफैँ क्लाइम्बिङ वाल चढ्दै उपस्थित बाल खेलाडीहरूसँग उत्साह बाँडे । उहाँले सरकारले क्लाइम्बिङ खेललाई योजनाबद्ध रूपमा राष्ट्रिय नीति र पूर्वाधारमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिता विवरण

प्रतियोगिता स्पिड क्लाम्विंग विधामा आयोजना गरिएको थियो, जसमा ४ देखि १८ वर्ष उमेर समूहका ६५ जना खेलाडीहरूले प्रतिस्पर्धा गरे । प्रतियोगिता आइएफएससीको नियमअनुसार, दुईवटा स्पीड रुट ए र वीमार्फत नकआउट फरम्याटमा आयोजना गरिएको थियो । मुख्य रुट सेटर निरज कार्कीले सेटअप गरेका रुटहरूमा खेलाडीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरे ।

विजेता सूची

महिलातर्फ पहिलो सन्सीला तामाङ (१३ वर्ष), दोश्रो केकशा खान (१५ वर्ष) र तेश्रो पूजा दनुवार (१५ वर्ष)

पुरुषतर्फ

पहिलो साबिन बञ्जन (१७ वर्ष), दोश्रो दिपेन्द्र दनुवार (१५ वर्ष) र तेश्रो रतन कडायत (१६ वर्ष)

ल्बतष्यलब िएबचब नेशनल परा खेलाडी

शिशन महर्जन – राष्ट्रिय परा खेलाडी

कान्छो सहभागी

युवराजी महर्जन – ४ वर्ष

राष्ट्रिय खेलाडी घोषणा

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय मान्यता दिँदै एनसीएसएद्वारा राष्ट्रिय खेलाडीको प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरुष राष्ट्रिय खेलाडीहरू

साबिन बञ्जन (१७)

दिपेन्द्र दनुवार (१५)

रतन कडायत (१६)

दिपेश दनुवार

अरुण दनुवार

आशिष मगर

कृष्ण कुमार

सोम तामाङ

अमित कार्की

जेसस खत्री

एशियन रायमाझी

शीतल जीसी

धनञ्जय राज रेंजर गुरुङ

महिला राष्ट्रिय खेलाडीहरू

सन्सीला तामाङ (१३)

केकशा खान (१५)

पूजा दनुवार (१५)

इन्दु दनुवार

मरियम ठोकर

प्रतिमा बस्नेत

बिनिशा नगरकोटी

प्रीति शाह

तृष्णा केसी

दीपाशा दनुवार

बियान्का महर्जन

प्रविशा पोखरेल

राष्ट्रिय पैरा खेलाडी

शिशन महर्जन (विशेष क्षमता सम्पन्न)

विशेष प्रतिभाः

युवराजी महर्जन (४ वर्ष) – सबैभन्दा कान्छा सहभागी

अन्तर्राष्ट्रिय शुभकामना सन्देशहरू

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय खेल अधिकारी तथा खेलाडीहरूको शुभकामना प्राप्त भएको थियो ।

सगरमाथाको दुबै दिशाबाट सफल आरोहण गरेर बाल विवाहविरुद्धको सन्देश फैलाएकी कल्पना महार्जनको अभियानलाई सम्मान गर्न सुरु गरिएको यो पर्वतारोहण उत्सवले हरेक वर्ष सामाजिक सन्देश सहित बाल क्लाइम्बिङ विकासमा टेवा पु¥याउँदै आएको छ । यो वर्षको छैठौं संस्करणले भविष्यका च्याम्पियनहरूलाई थप प्रेरणा दिएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया