
२०२६ फिफा विश्वकप भकुन्डो प्रतियोगिताको समूह ‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले इराकलाई ३-० गोलले पराजित गरेको छ। यो खेल अमेरिकाको पेन्सेलभिनिया राज्यको फिलाडेल्फियामा सम्पन्न भएको थियो।
खेलको पूर्वाद्धको १४ औं मिनेटमै किलियन बाप्पेले शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।
तर, मध्यान्तर खेल सकिएलगत्तै मैदानमा परेको चट्याङ र भारी वर्षाका कारण खेल करिब दुई घण्टाका लागि स्थगित गरिएको थियो।
करिब ८ बजे खेल पुनः सुचारु भएपछि फ्रान्सले आफ्नो लयलाई निरन्तरता दियो। ५४ औं मिनेटमा बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि ६६ औं मिनेटमा उस्मान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे।
यो जितसँगै फ्रान्सले प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान बलियो बनाएको छ।
यो विश्वकप भकुन्डो खेल मौसमका कारण रोकिएको यो पहिलो खेल थियो, जसलाई आयोजक र फिफाले सुरक्षा प्रोटोकल ( नियम )पालना गर्दै सुरक्षित रूपमा सम्पन्न गराए।
प्रतिक्रिया