
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शक्तिशाली उपाध्यक्ष तथा आठ पटकसम्म मन्त्री बनिसकेका विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेको छ। काठमाडौँ ल्याए पछि विशेष अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई काठमाडौँ माइक्रो बसबाट ल्याइएको थियो ।
उनि ५ पटक अर्थमन्त्री भए । तर, मन्त्री हुँदा उनले देश र गरिब जनताको हित गर्नुको साटो ठुलठूला व्यापारी र बिचौलियाहरूलाई फाइदा पुर्याउने काम गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा झ्यालखानामा रहेका बिचौलिया दीपक भट्टसँग उनको ३० करोडभन्दा बढीको गोप्य कारोबार फेला परेको छ। उनीहरूले ठुलठूला कम्पनी र होटलहरूलाई धम्क्याएर सेयर कब्जा गर्ने र त्यसको नाफा खाने गरेको खुलेको छ।
आफूसँग भएको अवैध कालो धन लुकाउन पौडेलले अचम्मको उपाय अपनाएका थिए। उनले बुटवलका एक सर्वसाधारण गाईपालक किसानको नाममा अर्बौँको जग्गा र सेयर किनेर लुकाएको भेटिएको छ।
यही कारण विभागले उनको भैँसेपाटीस्थित ठुलो बंगला (निवास) मा छापा समेत मारेको छ। यसअघि बालुवाटारको ललिता निवास सरकारी जग्गा छोराको नाममा गराएर विवादमा परेका पौडेल अन्ततः यसपालि कानुनको पञ्जामा परेका छन्।
यता आफ्ना शक्तिशाली नेता पक्राउ परेपछि एमाले दल भित्र ठुलो खैलाबैला मच्चिएको छ। ललितपुरको च्यासलमा एमाले संसदीय दलको आपत्कालीन बैठक र अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बस्यो ।
कुनै समय ‘जेनजी आन्दोलन’ का कारण चुनाव हारेर संसद् बाहिर रहेका पौडेलको यो गिरफ्तारीले नेपाली राजनीतिमा ठुलो हलचल ल्याइदिएको छ।
प्रतिक्रिया