फिफा विश्वकप  भकुन्डो २०२६: उरुग्वे र केप भर्डे बीचको खेल २-२ गोलको बराबरीमा

इनेप्लिज २०८३ असार ८ गते ०:२२ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायानी रॅगशालामा भएको फिफा विश्वकप भकुन्डो २०२६ को समूह ‘एच’ को खेल निकै रोमाञ्चक रह्यो। 

दुई पटकको विश्व विजेता उरुग्वे र विश्वकपमा पहिलो पटक खेलिरहेको केप भर्डे बीचको यो प्रतिस्पर्धा २-२ गोलको बराबरीमा सकिएको छ।

खेलको सुरुमा केप भर्डेका केभिन पिनाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, मध्यान्तर अगाडीको अन्त्यतिर उरुग्वेका म्याक्सिमिलियानो आराउजो र अगस्टिन क्यानोबियोले गोल गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाएका थिए।

खेलको उतराद्धमा केप भर्डेका हेलियो भारेलाले गोल गर्दै खेललाई पुन: २-२ को स्थितिमा ल्याएका थिए। 

अन्तिम समयसम्म दुवै टोलीले जितका लागि कडा प्रयास गरे पनि थप गोल हुन सकेन। 

यो नतिजाले केप भर्डेको विश्वकप यात्रालाई थप रोचक बनाएको छ भने उरुग्वेले आफ्नो पहिलो जितको खोजी जारी राख्नुपर्ने भएको छ।

प्रतिक्रिया