मेरिल्याण्डका खेलाडीहरूले ओहायोमा उचाले ‘बाबा ब्याडमिन्टन’ उपाधि 

इनेप्लिज २०८३ असार ७ गते १७:५६ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यमा गत जुन २०, २०२६ मा सम्पन्न पहिलो ‘बाबा ब्याडमिन्टन प्रतियोगिता’ मा मेरिल्याण्ड ब्याडमिन्टन ( प्वाखे मुंग्रो )क्लबका खेलाडीहरूले उत्कृष्ट वर्चस्व कायम गरेका छन्। 

कुल १९ टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा मेरिल्याण्डका खेलाडीहरूले प्रायः सबै प्रमुख उपाधिहरू आफ्नो नाममा लेखाएका छन्।

प्रतियोगितामा पुरुष जोडी तर्फ भिम के.सी. र निसान खत्रीले प्रथम स्थान हासिल गरे भने कुल रोका र किसोर श्रेष्ठले द्वितीय स्थान प्राप्त गरे। 

त्यस्तै, महिला जोडी( डबल्स)मा सुनीता सुनार र केनी साहले पहिलो स्थान हात पारे। महिला एकल तर्फ पनि सुनीता सुनारले नै विजय हासिल गर्दै आफ्नो अब्बल प्रदर्शन देखाइन्।

मेरिल्याण्ड ब्याडमिन्टन ( प्वाखे मॅुग्रो )क्लबको यस प्रभावशाली प्रदर्शनले नेपाली डायस्पोरामा खेलकुदप्रतिको उत्साहलाई थप उचाइमा पुर्‍याएको छ। 

प्रतियोगितामा सहभागी १९ वटै टोलीको खेल भावना अनुकरणीय थियो। 

यस जितले मेरिल्याण्डका खेलाडीहरूलाई ब्याडमिन्टन( प्वाखे मुग्रो ) क्षेत्रमा एक बलियो शक्ति साबित गरेको छ।

प्रतिक्रिया