
२० जुन २०२६, वाशिङ्टन डिसी
नेपाली दूतावास वाशिङ्टन डि.सी.को आयोजनामा “नेपाली डायस्पोरा र नेपालको समृध्दिः व्यापार, लगानी र नवप्रवर्तनका चुनौती र अवसरहरू” विषयक एक अन्तर्कृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
सो कार्यक्रममा सानफ्रान्सिस्को क्यालिफोर्नियाका काउन्सिल जनरल लक्ष्मण खनाल, टेक्सास डालासका काउन्सिल जनरल सुरेश अधिकारी तथा न्यूयोर्कका कन्सुलर जनरल दधिराम भण्डारीले नेपाल सरकारको तर्फबाट आइटी अप्परच्युनिटी, नेपालको अन्तर्राष्ट्रिय तहको ब्यापार तथा आयात निर्यातको अवस्था, अमेरिकासँगको आयात निर्यातको स्थिति, नेपाली डायस्पोराले गर्न सक्ने लगानी र योगदानको बारेमा प्रस्तुति गरेका थिए ।

त्यस्तै डायस्पोरा नेपालीहरूका तर्फबाट डा. सन्जिवन गौतमले नेपालमा क्यान्सर रोगीहरूका लागि गर्दै आएको उपचार तथा नयाँ पध्दतिको बारेमा, लोकनाथ तिवारीले अवकासप्राप्त नेपालीका लागि नेपालमा गर्नु पर्ने आकर्षण तथा मेदिनी अधिकारीले नेपालमा गर्दै आएको योगदानको चर्चा गरेका थिए ।

तत्पश्चात् सहभागीहरूमध्येबाट सुदीप रायमाझी, डा. मदन उप्रेती, विष्णुकुमारी थापा, डिकबहादुर तामाङ, दीपेन लामा, सुरेश श्रेष्ठ, डा. दान पोखरेल, प्रतिमा भट्टराई, विवेक पौडेल, ददिन पाङ्डे, डा. ज्ञानी श्रेष्ठ, डा. टीकाजित राई मोहनकुमार यादव, प्रेम सङ्ग्रौला, युवाकार राजकर्णिकार तथा सीता पाण्डेले आआफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए ।

कार्यवाहक राजदूत शरद राज आरणले यस किसिमको कार्यक्रम पहिलोपल्ट आयोजना गरेको र आगामि दिनमा विशिष्टिकृत कार्यक्रम गरिने बताए । उनले नेपालीहेरुले राजदूतावासखोज्दै आउने हैन, राजदूतावासले नेपाली समुदाय खोज्दै जाने लक्ष राखेको बताउँदै डायस्पोराका नेपालीहरूले नेपाललाई पु-याउन सक्ने योगदानको बारेमा चर्चा गरे ।

सो कार्यक्रमको सुरुमा नेपाली दूतावासका रक्षा तथा सैनिक सहचारी स.र. पूर्णप्रसाद ढकालले कार्यक्रमका सहभागीहरूको स्वागत गर्दै “अनुभव र निरन्तर संलग्नताले नेपालको समृध्दिमा योगदान पुग्नेमा आशावादी भएको बताए ।

सो कार्यक्रम काउन्सेलर अरूणा घिसिङले सञ्चालन गरेकी थिइन् ।





कार्यक्रममा डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिल्भेनिया, नर्थ क्यारोलाइना लगायत विभिन्न राज्यमा नेपाली संघ संस्थाका प्रतिनिधि, विविध क्षेत्रका बिज्ञहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया