लियोनल मेस्सी बने विश्वकप भकुन्डो इतिहासकै सर्वाधिक गोलकर्ता

इनेप्लिज २०८३ असार ८ गते १९:२७ मा प्रकाशित
Sc

अस्ट्रियाविरुद्ध अर्जेन्टिनाको सानदार जित, मेस्सीको जादु

सन् २०२६ को फिफा विश्वकप भकुन्डोमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले हराउँदै आफ्नो दबदबा कायम राखेको छ। 

टेक्ससमा भएको यस खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी नायक बने। मेस्सीले खेलको ३८औं र ९०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई महत्त्वपूर्ण तीन अंक दिलाए।

यो खेल मेस्सीका लागि निकै विशेष रह्यो। यस खेलका दुई गोलसँगै मेस्सीले विश्वकप इतिहासमा आफ्नो नाममा कुल १८ गोल दर्ता गराएका छन्। 

यसअघि जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोलको कीर्तिमान थियो, जसलाई पछि पार्दै मेस्सी अब विश्वकपका सर्वाधिक गोलकर्ता बनेका छन्।

खेलको सुरुवातमा मेस्सीले पेनाल्टी खेर फालेका थिए, तर उनले हार मानेनन्। 

अस्ट्रियाका खेलाडीहरूले उनलाई रोक्न निकै प्रयास गरे तापनि मेस्सीको कला र सीप अगाडि उनीहरूको केही लागेन। 

यस जितसँगै अर्जेन्टिना समूह ‘जे’ को शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। 

प्रतिक्रिया