मातृभूमिलाई बोकेर नेपाली भाषा सेवा

सुरेन उप्रेती भिक्टोरिया २०८२ जेठ १५ गते २२:३५ मा प्रकाशित

मातृभूमिलाई सदैब मुटुमा राखेर, सगरमाथालाई शिरमा बोकेर, बुद्धको सन्देशलाई मन्त्रझैँ जपेर , संसारभर नै फैलिएका छन् नेपालीहरू । नौलो भाषा र नौलो संस्कृतिको महासागरमा हेलिएपछीको भय अर्कै छ । अर्को प्रजातिका माछासंगको भय छ । ठूलामाछाले निल्ने संत्रास छ । गोही, सार्क, ह्वेल अनि अन्य सामुन्द्रिक जीवबाट जोगिनु भनेको त झनै ठूलो चुनौती छ । पहिला पहिला होमिएका माछाहरूले सबैथोक गुमाइसके । अहिले न परिचय छ न पहिचान छ । ठूलामाछाका संस्कृतिले सबै निलिसक्यो । तर अहिलेका सचेतहरू आफ्नो पहिचान जोगाउन समून्द्रमै आफुलाई स्थापित गर्न तम्सिएका छन् । आफ्ना भूराहरूसँग कुरमा बस्दा पनि आफ्नै भाषा वोल्छन् । आफ्नै तिरिकाले पौडिन्छन्, तैरन्छन खेल्छन्, र रमाउँछन । आफुलाई चलायमान बनाउँछन् । संगठन गर्छन र सबैलाई गोलबन्ध गर्छन् । ती संगठन मध्यको एक हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), अनेसासको बाल समिति सन्सारभर रहनु हुने नेपालीमनहरूलाई जोड्दै बालबालिकाहरूलाई साथ लिँदै अगाडि बढ्द्दै छ ।

यसक्रममा नवबर्ष २०८२को क्यालेण्डर निकालेर सबैमा शुभकामना व्यक्त गर्दछ । नेपाली भाषा साहित्य र संस्कृतिमा मुलुक भित्र र बाहिर पनि अरू भाषाको प्रभावले गर्दा प्रयोगमा आँच आउन थालेको महषुस भएको छ । भाषा जोगाउनसकै मात्र पहिचान जोगाउन सकिने छ । भाषा भनेको व्यक्तिको समाजको राष्ट्रको पहिचान हो । भाषा भि्त्र अनगिन्ति संस्कृति र सम्पदाहरु लुकेर रहेका हुन्छन् । भाषा भनेको कुनै पनि राष्ट्रको प्राण हो । हामीले फेर्ने सास हो । भाषा बिनाको मानिसको कुनै पहिचान हुँदैन । यही कुुरालाई हृृदयंङ्गम गरी हाम्रो भाषा जोगाउँ अभियानमा जुट्नु आवशयक भएको छ । यसको थालनी अनेसास बालसमितिले गरेको छ । प्रवासमा रहेका नेपालीमुलका बालबालिकाहरूलाई नेपाली भाषा बोल्न पढ्न लेख्न सिकाउन र प्रेरितगर्नलाई प्रयास हो यो । बालबालिकाहरूलाई कवितावाचन गर्न लगाएर वाचित कवितालाई क्यालेण्डरका रूपमा तयार बनाउने अभियान बिभिन्न देशमा गरीएको छ । अस्तीमात्र अमेरिकाका बाल बालिकाको कविता क्यालेण्डर , क्यानडाको कविता क्यालेण्डर र अष्ट्रेलियाको बालकविता क्यालेण्डर तपाईहरू समक्ष प्रस्तुत गरेका थियौँ ।

आजको अफ्रिका महादेशका बिभिन्न देशहरूमा रहेका नेपाली बालबालिकाले लेखेका कवितालाई क्यालेण्डरमा राखी यहाँहरू समक्ष प्रस्तुत गरेका छौँ ।यसकालागि अविभावकज्यूहरूले नानीबाबुहरूलाई कविता लेख्न प्रेरित गर्नु भयो । आफ्नो अमूल्य समय दिएर रामचन्द्र राईजी जो बालसमितिको सदस्य पनि हुनुहुन्छ उहाँले कविताहरू संकलन गर्नु भयो । पटकपटक फोन गरेर कविता लेखनका लागि अनुरोध गर्नु भयो । त्यस्तै गरी लामो समय अफ्रिकामा बस्नु हुने गैरआवासिय नेपाली संगठन केन्द्रका सल्लाहकार पूर्व कोषाध्यक्ष भापासाहित्य विभागका तथा अनेसासका सल्लाहकार हिक्मत थापाज्यूले आर्थिकभारको जम्मेै जिम्मालिएर साहस र आँट भर्नु भयो । यसैको फलस्वरूप यो क्यालेण्डर तपाई समक्ष छ । उहाँहरू सबैलाई हार्दिक नमन गर्दछु । क्यालेण्डर छाप्न विज्ञापन र शुभकामना दिएर थुप्रेै नेपाली मनहरूले सहयोग गर्नु भयो । । क्यालेण्डर छपाईमा सगुन प्रेसका दिनदयाल रेग्मीले व्यस्त र प्रतिकुल समयका बाबजुद पनि काम गरेरमात्र यो सब सम्भव भएको हो । उहाँ र सम्पूर्मण प्रत्यक्ष र परोक्ष सहयोग गर्नु हुनेहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । यो कविता क्यालेण्डरालई यहाँ राख्ने अनुमति मागेँ ।

प्रतिक्रिया