ट्रम्प प्रशासनको प्रहारमा हार्भर्ड: अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई निषेध गर्ने कदम रोक्न फेरि अदालत पुग्ने

इनेप्लिज २०८२ जेठ १६ गते ११:१७ मा प्रकाशित

बिश्वकै प्रतिष्ठित र सर्वाधिक गौरवमय ईतिहास बोकेको अमेरिकाको हार्भर्ड विश्वविद्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्ने अधिकार खोस्ने प्रयास रोक्न न्यायाधीशसँग पुनः आग्रह गर्ने भएको छ । यस कदमले विश्वविद्यालयको करिब २७% विद्यार्थीहरूलाई असर पार्ने र शैक्षिक प्रणालीमा ठूलो धक्का पुर्‍याउने बताइएको छ।

बोस्टनस्थित संघीय न्यायाधीश एलिसन बरोजले शुक्रबार दिएको अस्थायी आदेशलाई थप लम्ब्याउनेबारे बिहीबार सुनुवाइ गर्नेछिन्। यो आदेशले अमेरिकी गृह सुरक्षा विभागलाई हार्भर्डको भर्ना अधिकार फिर्ता लिन रोक लगाएको थियो।

ट्रम्प प्रशासनले हार्भर्डमाथि संरक्षणवादविरोधी पूर्वाग्रह र यहूदी विरोधी भावना प्रोत्साहन गरेको आरोप लगाउँदै आएको छ। हार्भर्डका कानुनी प्रतिनिधिहरूका अनुसार यो कार्य शैक्षिक स्वतन्त्रता विरुद्धको “अभूतपूर्व र प्रतिशोधपूर्ण हमला” हो। विश्वविद्यालयले सरकारको पाठ्यक्रम नियन्त्रण गर्ने, विचारधारा तय गर्ने, र अनुसन्धानको ३ बिलियन डलर अनुदान अन्त्य गर्ने निर्णयविरुद्ध छुट्टै मुद्दा पनि दायर गरिसकेको छ।

ट्रम्पले हार्भर्डमा विदेशी विद्यार्थीको संख्या १५% मा सीमित हुनुपर्ने बताएका छन्। अमेरिकी गृह सुरक्षा बिभागले विश्वविद्यालयलाई जानकारी र प्रतिक्रिया दिने उचित अवसर नदिई प्रमाणपत्र रद्द गरेको हार्भर्डको भनाइ छ।

यदि निर्णय कार्यान्वयन भयो भने हार्भर्डले नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने र अहिलेका विद्यार्थीहरूले अन्यत्र सारिनुपर्ने वा आफ्नो कानुनी स्थिति गुमाउनेछन्।

प्रतिक्रिया