इजरायलले अमेरिकी दूत स्टिभ विटकोफबाट आएको नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको एक इजरायली अधिकारीले जानकारी दिएका छन्।
उता, हमासले बिहीवार वक्तव्य जारी गर्दै “विटकोफको नयाँ प्रस्तावको समीक्षामा छौं” र “यसलाई हाम्रो जनताको हित, राहत, र स्थायी युद्धविराम सुनिश्चित गर्न सकिने हिसाबले जिम्मेवारपूर्वक अध्ययन गरिरहेका छौं” भनेको छ।
इजरायली अधिकारीले सिएनएनलाई बताएका अनुसार यो प्रस्तावमा १० जीवित र १८ मृत बन्धकको रिहाइको व्यवस्था गरिएको छ।
साथै, ६० दिनको युद्धविराम पनि प्रस्तावमा समावेश गरिएको छ। तर, हमासको मुख्य माग रहेको युद्धको स्थायी अन्त्यका लागि वार्ता सुरु गर्ने विषयमा भने कुनै स्पष्ट विवरण दिइएको छैन, जुन माग इजरायलले अहिलेसम्म अस्वीकार गर्दै आएको छ।
यो प्रस्तावले युद्ध अन्त्यको सम्भावनामा केही आशा जगाएको भएता पनि स्थायी समाधानका लागि दुवै पक्षले अझ गहिरो वार्ता गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया