ट्रम्पलाई राहत — संघीय अपिल अदालतले आपतकालीन अधिकार अन्तर्गत भन्सार शुल्क अस्थायी रूपमा जारी गर्न दिए

इनेप्लिज २०८२ जेठ १६ गते २०:२८ मा प्रकाशित

संघीय अपिल अदालतले बिहीबार राष्ट्रपत‍ि डोनाल्ड ट्रम्पलाई आपतकालीन अधिकार प्रयोग गरी भन्सार शुल्क उठाउने कार्यलाई अस्थायी रूपमा जारी राख्न अनुमति दिएको छ। 

यो निर्णय ट्रम्प प्रशासनले आफ्ना प्रमुख आर्थिक नीतिहरूमाथि आएको अदालती रोकविरुद्ध अपिल दायर गरेपछि आएको हो।

यसअघि बिहीबार बिहान एक संघीय न्यायाधीशले ट्रम्पद्वारा उक्त आपतकालीन अधिकार प्रयोग गरी भन्सार लागू गर्ने कार्यमा रोक लगाउने आदेश दिएका थिए । 

यो मुद्दा राष्ट्रपति ट्रम्पको प्रमुख आर्थिक रणनीतिका रूपमा रहेको आयात भन्सार नीति विशेषगरी चीनसहितका देशहरूमाथि लागू गरिएको शुल्कको वैधानिकता र कार्यान्वयन सन्दर्भमा केन्द्रित छ।

हालको अपिल अदालतको निर्णयले ट्रम्पलाई न्यायिक अपिल प्रक्रिया टुंगिन नपुन्जेलसम्म भन्सार लागू गर्न अनुमति दिएको छ।

प्रतिक्रिया