डेनभर, अमेरिका । अमेरिकी आप्रवासन तथा सीमा प्रवर्तन विभाग (आइसिइ ) ले गत मे २२ मा अमेरिकाको कोलोराडो डेनभरमा विशेष कारबाही गर्दै होर्गे कास्टिलो-चाभेज नाम गरेका ४२ वर्षीय मेक्सिकन आपराधिक विदेशी नागरिकलाई पक्राउ गरेको छ।
आइसिइका अनुसार कास्टिलो-चाभेज पहिले अमेरिका गैरकानुनी रूपमा पुनः प्रवेश गरेको अभियोगमा दोषी ठहर भइसकेका थिए। हाल उनीविरुद्ध लागूपदार्थ सम्बन्धी मुद्दा चलिरहेको छ। उनको पछिल्लो गिरफ्तारी अमेरिकी लागूपदार्थ नियन्त्रण प्रशासन (डिइए )सँगको संयुक्त कारवाहीको हिस्सा हो, जसमा २ किलोग्राम कोकिन बरामद गरिएको थियो।
आइसिइ र डिइएले गरेको यो सहकार्य संगठित लागूपदार्थ कारोबारविरुद्धको साझा प्रयास हो। अधिकारीहरूका अन्सुअर यस्ता आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीहरूलाई निष्कासन प्रक्रियाको सामना गराइनेछ।
“कानूनको उल्लङ्घन गर्ने विदेशी आप्रवासीहरूले अमेरिकाको सार्वजनिक सुरक्षा र कानुनी प्रणालीलाई चुनौती दिन मिल्दैन,” ICE आईसिइडेनभर कार्यालयका अधिकारीले भने।
यो कारबाहीले गैरकानुनी आप्रवासनसँग सम्बन्धित गम्भीर अपराधहरू नियन्त्रण गर्न संघीय निकायहरूबीचको समन्वय कत्तिको प्रभावकारी छ भन्ने देखाएको छ। संघीय अधिकारीहरूले दिएको जानाकेरी अनुसार कास्टिलो-चाभेजलाई अब आप्रवासन हिरासतमा राखी थप कानुनी प्रक्रिया अघि बढाइनेछ।
प्रतिक्रिया