ट्रम्पको योजना: आतिथ्य व्यवसाय तथा कृषिक्षेत्रमा काम गर्ने आप्रवासीलाई कर तिरेर काम गर्न अस्थायी अनुमति

इनेप्लिज २०८२ असार १६ गते १३:३७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले कृषिक्षेत्र र आतिथ्य व्यवसाय अर्थात् होटलमा कार्यरत आप्रवासीहरूलाई लक्षित गर्दै “अस्थायी काम अनुमति ” दिने तयारी भइरहेको बताएका छन् ।

“म दुबै पक्षमा छु — म सबैभन्दा बलियो आप्रवासन नीतिकर्ता पनि हुँ, तर म सबैभन्दा बलियो कृषक समर्थक पनि हुँ,” ट्रम्पले फक्स न्यूजको ‘सन्डे मर्निङ फ्युचर्स’ नामक आइतबार प्रसारित अन्तर्वार्तामा भने।

उनले आतिथ्य व्यवसाय तथा अन्य श्रमप्रधान उद्योगहरूलाई पनि यो योजना अन्तर्गत समेटिने स्पष्ट पारे । हामी यस्तो व्यवस्था गर्दैछौं जसमा कामदारहरूले कर तिर्छन् । किसानलाई पनि केही नियन्त्रण हुन्छ । जसले गर्दा यत्तिकै आएर सबैलाई लगेर जान नमिल्ने व्यवस्था हुन्छ,” ट्रम्पले स्पष्ट पारे।

“किसानहरूलाई थाहा हुन्छ, उनीहरूले अपराधीलाई जागिर दिँदैनन्,” ट्रम्पले भने। अपवादको व्यवस्था नगरेमा “सबै कामदारलाई हटाउँदा किसानको व्यवसाय नै बर्बाद हुने चेतावनी समेत दिए।

प्रतिक्रिया