नेपालकी सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोशिमा कार्कीको अमेरिका भ्रमण अहिले प्रवासी नेपालीहरूबीच उत्साह र आशा र क्रान्तिकारी सोचको विषय बनेको छ।
उनले प्रवासी नेपालीहरूले भोगिरहेका समस्याहरूलाई प्राथमिकतामा राख्दै विशेषगरी गैर आवासीय नेपाली संघ भित्र देखिएका द्वन्द्व, पहिचानको संकट, तथा सरकारको चासो अभाव जस्ता विषयहरू उठाइन्। उनले सबैको कुरा ध्यानपूर्वक सुनिन् ।
उनले अमेरिकामा रहेका गैर आवासीय नेपाली प्रतिनिधिहरूसँग संवाद गर्दै “एनआरएनएको मुद्दा केवल संगठनको मात्र होइन, यो प्रवासी नेपालीको अधिकार र पहिचानको सवाल हो”भनी स्पष्ट पारिन्।
नेपाल फर्किएपछि नीति निर्माण तहमा यी समस्याहरूलाई संस्थागत रूपमा सम्बोधन गरिने ,उनले यो पनि बिश्वस्त गराइन ।
उनी जहाँ जहाँ पुगिन्, त्यहाँ सभाकक्ष अर्थात् टाउनहल कार्यक्रमहरू खचाखच भरिए। उनलाई उभिएर सम्मान गरियो ,नारा लगाइयो,जय जय कार गरियो, फूलमालाले डा. कार्कीको भब्य स्वागत भयो। अमेरिकाका बिभिन्न राज्यहरूमा गरिएको भ्रमणले अन्य राजनीतिक दलका नेताहरूको हालका भ्रमणहरूलाई छायाँमा पारिदिएको छ।
डा. कार्कीले “एक दिनको बिदा नेपालका लागि” भन्ने अपिल मार्फत प्रवासी नेपालीहरूमा राष्ट्रिय उत्तरदायित्वको चेतना जगाएकी छिन्। साथै, उनले अभियान ८४ को अभियानमा सबैलाई हातेमालो गर्न पनि आह्वान गरिन्।
नेपालकी राष्ट्रवादी नेतृ, संसद सदस्य तथा शल्य चिकित्सक डा. तोसिमा कार्की अमेरिका भ्रमणमा रहेका बेला नेपाली समुदायको मन जित्न सफल भएकी छिन्। विभिन्न राज्य र शहरहरूमा आयोजना भएका अन्तरक्रिया कार्यक्रमहरूमा मानिसहरू भीडभाड भए पछि उभिएरै उनको भनाइ सुन्न पुगे, जसले उनको लोकप्रियता र जनसमर्थन स्पष्ट देखायो।
उनको यात्रा केवल औपचारिक भेटघाटमा सीमित रहेन। उनले प्रवासमा रहेका नेपालीहरूसँग सिधा संवाद गर्दै, सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, रोजगारी, र युवाको नेतृत्वमा सम्भावित सुधारहरूबारे सुझाव लिइन्।
नेपाली समुदायले उनीप्रति गहिरो विश्वास व्यक्त गर्दै, ‘राष्ट्रको भविष्य तपाईहरू जस्ता ईमानदार नेताहरूको काँधमा छ’ भनी हौसला दिएका थिए।
डा. कार्कीले सबै नेपालीहरूलाई “नेपालका लागि एक दिन समर्पण गर्न” आग्रह गरिन्, जसले अमेरिका लगायत विश्वभरि रहेका नेपालीहरूमा एक प्रकारको चेतना र जिम्मेवारीको भावना जागृत गराएको छ। उनलाई सहभागीहरुले अनगिन्ती प्रश्न माथी प्रश्न गरे तर उनि थाकिनन् ,सबैको उत्तर दिईन ।
उनीले सबैलाई २०८४ सालको चुनावसम्म नेपाललाई भ्रष्टाचारमुक्त र समृद्ध राष्ट्र बनाउने अभियानमा सहभागी हुन पनि आह्वान गरिन्।
‘देश हाम्रो हो, परिवर्तन हामीले नै गर्नुपर्छ’ भन्ने सन्देश बोकेकी डा. कार्की अहिले प्रवासमा रहेका लाखौं नेपालीहरूको मन र भरोसाको केन्द्र बनेकी छिन्।
आजको दिनमा, डा. तोसिमा कार्की केवल राजनीतिक नेत्री नभई राष्ट्रको साझा आवाज बन्दै गइरहेकी छिन्। अन्तरक्रिया कार्यक्रममा प्रवासी नेपालीको व्यापक समर्थन रहेको देखियो ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया