नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालेली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक समझदारी कायम भएको छ । नेक र सोना विचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ ।
समझदारी पत्रका कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा साेनाका अध्यक्ष इश्वर लाल जाेशीले हस्ताक्षर गर्नु भएकाे छ । समझदारी अनुसार कलेजमा अनुसन्धान, वर्कशप, सेमिनार र विद्यार्थी संलग्नता कार्यक्रमहरूमा सहकार्यको ढोका खोल्ने कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताउनु भयो । समझदारीमा इन्जिनियरिङ र वास्तुकलामा नविनता प्रवर्द्धन गरिने, सीप विकास कार्यक्रम, दिगो र व्यवहारिक डिजाइनको प्रवर्द्धन गरिने, उद्योग र शिक्षाक्षेत्र बीचको सम्बन्ध मजबुत पार्ने तथा र विद्यार्थीको सिकाइका लागि विज्ञ वक्ताहरू विच अन्तरकृया, गोष्टीहरू सञ्चालन गरिने उल्लेख छ ।
यो समझदारी पत्रले नेपालमा इन्जिनियरिङ र वास्तुकला शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा एउटा महत्वपूर्ण कदम चालेको बताइएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले इन्जिनियरिङ र वास्तुकलाका विद्यार्थीहरूको सिकाइका लागि विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया