क्यानडाले डिजिटल(अङ्किय) सेवा कर अर्थात् डिएसटि हटाउने घोषणा गरेको छ । जसको अर्थ र उद्देश्य अमेरिकासँग स्थगित व्यापार वार्ता पुनः सुरु गर्नु हो। उक्त कर बिधुतिय सेवा प्रदायक प्रतिष्ठानहरूमा लागू हुने योजना थियो । सोमवार देखि २०२२ देखि लागु हुने गरी कार्यान्वयनमा आउने तयारी थियो।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त करलाई “हाम्रो देशमाथि गरिएको प्रत्यक्ष र निर्लज्ज आक्रमण” भन्दै शुक्रवार व्यापार वार्ता रद्ध गरेका थिए। त्यसको जवाफमा क्यानडाको सरकारले आइतवार अबेर वक्तव्य जारी गर्दै भनेको छ, “दुई देशबीच पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौता सुनिश्चित गर्न डिएसटी हटाइनेछ।”
क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र राष्ट्रपति ट्रम्प बीचको सहमति अनुसार अब जुलाई २१, २०२५ भित्र सम्झौता हुने लक्ष्यसहित वार्ता पुनः सुरु हुने जनाइएको छ।
राष्ट्रपति ट्रम्पले यस्ता करहरूलाई “गैर-शुल्क व्यापार अवरोध” भनी अमेरिकी प्रतिष्ठानहरूलाई कमजोर पार्ने प्रयास भएको आरोप लगाउँदै आएका छन्।
क्यानडा-अमेरिका व्यापार सम्बन्धमा तनाव ट्रम्पले पुनः पदभार ग्रहण गरेपछि चर्किएको थियो, जसमा उनले क्यानाडाका सबै निर्यातमाथि २५% भन्सार लाउने धम्की दिएका थिए।
अहिलेसम्म ट्रम्पले क्यानाडा मात्र होइन विश्वभरका आयातहरूमाथि नयाँ शुल्क नीति लागू गरिरहेका छन्, जसले विश्वभरका उद्योगहरूमा अन्योलता फैलाइरहेको छ।
प्रतिक्रिया