काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई खारेज गरिदिएको छ ।
एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा आइतबार बसेको पूर्ण बैठकले निर्वाचित कार्यसमितिलाई भंग गर्ने भनिएको पत्रलाई अवैधानिक ठहर गर्दै खारेज गरिदिएको हो ।
बैठकले संस्थाकै केही व्यक्तिले समानान्तर गतिविधि गरेको भन्दै उनीहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । स्पष्टिकरण नदिए बर्खास्त गरिने निर्णय पनि बैठकले गरेको अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, एनसीसी बेल्जियमको साधरणसभा अगष्ट १७ र चुनाव अगष्ट २५, २०२५ मा गर्ने निर्णय भएको कार्यवाहक महासचिव राजेन्द्र कुमार कार्कीले जानकारी दिए । बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष लोक प्रसाद दाहाल, प्रवक्ता गंगाधर गौतम, युरोप संयोजक प्रेम गुरुङ, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, पूर्व अध्यक्षद्वय जानकी गुरुङ, चित्र सुवेदी लगायतको सहभागिता थियो ।
संघको केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री समूहले एनआरएनएलाई फुटाउने उद्देश्यले निर्वाचित र स्वायत्त एनसीसीहरु भंग गरिएको भनी पत्र पठाएकोमा संसारभरि रहेका एनसीसीहरुले कडा निन्दा र आलोचना गरेका छन्।
प्रतिक्रिया