हार्दिक आमन्त्रणः बाल्टिमोरमा कालीबाबासँग साक्षात्कारको अवसर

इनेप्लिज २०८२ जेठ ११ गते १४:५० मा प्रकाशित

बाल्टिमोरवासी आम सनातन हिन्दू धर्मावलम्बी आस्थावान् अभिभावक, दाजुभाई तथा दिदीबहिनी र समुदायका साथीहरु
सिद्धयोगी परम आदरणीय गुरुदेव श्री १००८ बाबा कृष्णानन्द कालीदास स्वामी परमहंस गुरुज्यू, जो कालीबाबाको रुपमा सर्वत्र परिचित हुनुहुन्छ, उहाँ बाल्टिमोर आउन लाग्नु भएको भएको जानकारी सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौं ।

उहाँ बाल्टिमोर आउन लाग्नु भएको अवसर पारेर हामीले समस्त आस्थावान धर्मावलम्बी एवं बाबाका अनुयायी र शुभेच्छुकहरुसंग भेटघाटसंगै बाबाको सम्मान र स्वागतमा एक कार्यक्रम आयोजना गर्न लागेको सहर्ष जानकारी गराउन चाहन्छौं ।

बाबासँग प्रत्यक्ष भेटेर आशीर्वचन लिन र उहाँका आध्यात्मिक एवं धार्मिक चिन्तनका प्रवचन गुरुदेवकै मुखारविन्दुबाट प्रत्यक्ष सुन्न उत्साहित यहाँहरु सबैलाई हामी निम्न मिति,समय र स्थानमा हुन लागिरहेको कार्यक्रममा सहभागिताका लागि विनम्र अनुरोध गर्दछौं ।

आउनुहोस्, हिन्दू धर्म र दर्शनका विषयमा केन्द्रीत कालीबाबासँगको यो आध्यात्मिक एवं धार्मिक कार्यक्रममा उपस्थित भएर लाभान्वित बनौं ।
कार्यक्रमः

मितिः मे ३१, २०२५ शनिवार
समयः बिहान ठीक १०ः०० बजेदेखि ११ः३० बजेसम्म
स्थानः हिन्दू–बुद्ध मन्दिर परिसर
12231 Harford Rd
Glen Arm, MD 21057

सम्पर्कः

बिनोद उप्रेती गौतम दाहाल
443 610-9118 410 908 8744

एवं समस्त हिन्दू–बुद्ध मन्दिर व्यवस्थापन परिवार

प्रतिक्रिया