अमेरिकाको न्यू जर्सी राज्यको विलियम्सटाउनमा रहेको क्रस किज विमानस्थल नजिकै बुधबार एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा कम्तीमा पाँच जना व्यक्ति घाइते भएका छन्।
घाइते पाँचै जनालाई क्याम्डेन, न्यू जर्सीमा रहेको कुपर बिश्वबिद्यालय अस्पतालमा लगिएको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन्।
ग्लुसेस्टर काउन्टीको आपत्कालीन व्यवस्थापन कार्यालयले साँझ ६ बजेपछि आफ्नो सामाजिक संजालमा प्रकाशित यो दुर्घटनालाई “धेरै मानिस घाइते भएको घटना” भनेर उल्लेख गरेको छ।
सिबिएसन्यूजका अनुसार यो बिमानस्थलनिजी स्वामित्वमा रहेको छ र यसले धेरै निजी यात्रु विमानहरूलाई सेवा दिन्छ।
प्रतिक्रिया