अमेरिकी सिनेटरहरूको कीभ भ्रमणप्रति राष्ट्रपति जेलेन्स्कीको स्वागत: “शान्ति सुनिश्चित गर्न अमेरिकी समर्थन अत्यावश्यक”

इनेप्लिज २०८२ जेठ १८ गते १०:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बिश्वासपात्र तथा नजिकका सशक्त अमेरिकी वरिष्ठ सिनेटर लिन्ड्से ग्राहमको अचानक युक्रेन भ्रमणले बिशेष महत्व राखेको छ । उनले त्यहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गरेका छन् । उनि त्यहाँ अन्य सिनेटरहरुसँग त्यहा गएका हुन् ।

उनीहरु त्यहाँ पुगे पछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक संजाल एक्समा आभार व्यक्त गरेका छन । उनले सामाजिक संजालमा यस्तो लेखेका छन् :

मैले अमेरिकी सिनेटरहरू साउथ क्यारोलाइनाका सिनेटर लिन्ड्से ग्राहम सिनेटर र कनेक्टिकटक सिनेटर रिचार्ड ब्लुमेनथलसँग सकारात्मक भेटवार्ता गरेको छु। तपाईहरू ठीक त्यो समयमा युक्रेन आउनुभएकोमा म आभारी छु, जब एकजुट प्रयासहरू समन्वय गर्न अति आवश्यक छ, ताकि सम्मानजनक र स्थायी शान्ति नजिक ल्याउन सकियोस्।

उनले अगाडी भने हामीबीच समान बुझाइ छ । रुस कूटनीतिलाई मजाकमा बदल्ने प्रयास गर्दैछ। उनीहरु अग्रमोर्चामा नयाँ हमला तयारी गर्दै, हाम्रा शहर र गाउँहरूमा दैनिक रूपमा आक्रमण गर्दै र युद्धविरामका सबै प्रस्ताव अस्वीकार गर्दैछन्।

त्यसैले अझ कडा दबाब आवश्यक छ। म दुई दलबीचको सहमतिमा आएको प्रतिबन्ध प्रस्तावको पहलप्रति आभारी छु, जसलाई अहिलेसम्म ८२ जना सिनेटरहरूले समर्थन गरिसकेका छन्। हामीले यस विषयमा र रुसलाई शान्तितर्फ बाध्य पार्न सकिने अन्य उपायहरूबारे छलफल गरेका छौं। हामी संयुक्त रूपमा यो प्रयास जारी राख्नेछौं।

अझ जोड दिदै उनले भने म बलियो द्विदलीय समर्थन र जीवनको रक्षा गर्न देखाइएको नेतृत्वप्रति आभारी छु। वार्ताका प्रत्येक चरणमा अमेरिका सक्रिय रूपमा संलग्न रहनु नै भरपर्दो शान्तिको प्रत्याभूति हुन सक्छ।

ट्रम्पका बिश्वासपात्र तथा नजिकका सशक्त अमेरिकी वरिष्ठ सिनेटर लिन्ड्से ग्राहमको अचानक युक्रेन भ्रमणको बिशेष महत्व राख्दछ ।

प्रतिक्रिया