हार्भर्ड जानेलाई अमेरिकाले कडाइ गर्‍यो: प्रवेशाज्ञा(भिसा) आवेदनमा सामाजिक सञ्जालसमेत खोतल्ने

इनेप्लिज २०८२ जेठ १७ गते १६:५४ मा प्रकाशित

अमेरिकी विदेश विभागल् सबै दूतावास र वाणिज्य दूतावासलाई हार्भर्ड विश्वविद्यालय जान चाहने व्यक्तिहरूमाथि अतिरिक्त जाँचप्रक्रिया तुरुन्त सुरु गर्न आदेश दिएको छ। 

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयसँग चर्किएको तनावलाई थप उचाल्ने गरी आएको हो । 

नयाँ नीति अनुसार हार्भर्ड जाने जो कोही — चाहे उनी विद्यार्थी, शिक्षक, कर्मचारी, ठेकेदार, पाहुना वक्ता वा पर्यटक नै किन नहोस् — उनीहरूको सामाजिक सञ्जालको विस्तृत अध्ययन गरिनेछ। यसलाई  प्रवेशाज्ञा(भिसा) आवेदकहरूको सामाजिक सञ्जालपरीक्षणको ‘पाइलट प्रोजेक्ट’ परीक्षण परियोजनाको रूपमा पनि प्रयोग गरिनेछ, जुन भविष्यमा अन्य विश्वविद्यालय वा संस्थामा लागू हुन सक्ने देखिन्छ।

सीएनएनले प्राप्त गरेको कूटनीतिक सन्देशमा विदेशसचिव मार्को रुबियोले हस्ताक्षर गरेका छन् । उक्त सन्देशमा यो निर्णय तत्काल लागू गरिनुपर्ने भनिएको छ ।

यो नीतिले अमेरिकी शिक्षालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि झनै दबाब सिर्जना गर्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया