अमेरिका, युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले साकेला उभौली कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका अध्यक्ष अरुण राईले उक्त कार्यक्रममा उपस्थित सबैलाई शुभकामना व्यक्त गरेका थिए ।
उक्त साकेला कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका लागि नेपाली कन्सुलेट महावाणिज्यदूत दधिराम भण्डारीले अमेरिका वसाई र व्यस्त समयका वावजुद पनि सस्कृतिमुलक एवम् महत्वपूर्ण कार्यक्रम गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिएका थिए
संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघकी अध्यक्ष समेत रहेकी बसन्ती राईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा एनआरएनए अमेरिका तथा फिप्नाका पूर्वअध्यक्ष एवंम् युनाइटेड किराँत राईका पूर्वसभापति शिव कुमार राईले उपस्थित सबैलाई संस्थाको विषयमा जानकारी दिएका थिए ।
त्यसैगरी आदिवासी जनजाति महासंघ अमेरिकाका केन्द्रीय सभापति तोरण गुरुङले आफ्नो भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताए । साथै नेपालबाट उपस्थित “युनाईटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय अध्यक्ष प्रभाकर राईकी आमा लक्ष्मी राईले सबैलाई साकेलाको शुभकामना दिएकी थिइन् ।
कार्यक्रमका विशेष अतिथि तथा प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सचिवालय सदस्य राधाकृष्ण देउजाले समग्रमा नेपालीहरु एकजुट भएर लाग्नुपर्ने बताउँदै साकेलाको शुभकामना दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय उपसभापति डन्डु शेर्पाले समानुपातिक र समावेशीको मुद्दालाई नेपाल सरकारले वेवास्ता गरेको गुनासो गरेका थिए । त्यसै गरि जनसम्पर्क समिति अमेरिकाका सचिब भोजराज थोकरले सबैमा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापा, संस्थापक अध्यक्ष प्रभाकर राईले संस्थाले २००७ देखि हालसम्म आफ्नो भाषा, धर्म, संस्कार संस्कृति संरक्षण गर्न गराउन र समुदायको हितका निम्ति निरन्तर सक्रिय रुपमा काम गरिरहेको बताए । त्यसै गरि संस्थाका पूर्व सभापति तथा संरक्षक विष्णु राईले साल्पा सिलिचुङको विषयमा सबैलाई प्रष्ट पार्दै भेटी दान सहयोग संकलन सुरु गरेको जानकारी गराएका थिए ।
च्याप्टरका निर्वतमान सभापति तथा सस्थाका केन्द्रीय महासचिव ममता खालिङ राईले उक्त साकेला पर्वको दिन विशेष पितृहरुको सम्मान गरिने दिन भएको भन्दै साकेलाको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी थिइन् ।
त्यसैगरी युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष तथा साकेला थान निर्माण संयोजक मुक्ति वान्तवा राईले संस्थाको अमेरिका भरी पाँचवटा च्याप्टर रहेको र त्यसमा १५ वटा राज्य समेटिएको बताउँदै अन्य राज्यमा पनि संस्था स्थापनाको लागि पहल भइरहेको बताए । उनले साकेला थान स्थापनाको बारेमा जानकारी दिए ।
त्यसैगरी संस्थाका न्यूजिल्याण्ड च्याप्टरका उपाध्यक्ष तथा केन्द्रीय संचार संयोजक शेखर राइले नेपालको पहाडदेखि तराईसम्म, बख्खु लगाउने देखि कछाड लगाउने सम्म र देउडा नाचदेखि च्याब्रुङ्ग नाचसम्म भिन्न भिन्नै संस्कृतिमा रहेका नेपालीको एकता नै नेपाल र नेपालीको पहिचान रहेको भन्दै सबै जातिको आ- आफ्नो भेष, भुषा र संस्कृति हुने बताए । किरात राई सोसाइटी अफ न्युयोर्क च्याप्टरका सभापति सम्भु राईले कार्यक्रम प्रती गर्व महसुस गर्दै आयोजकलाई धन्यवाद सहित सबैमा शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, शेर्पा किदुङका निर्वतमान महासचिव सुमदोर्जे शेर्पा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सभापति पुरन पयाङ्गु लिम्बु, वरिष्ठ गायक सपनाश्री, संस्थाको न्युर्योक च्याप्टरका पूर्व उपाध्यक्ष सवनम राई, आदिवासी जनजाती महासंघ अमेरिकाका महासचिव दिपक चौधरी, मगर संघ अमेरिकाका केन्द्रीय सभापति यम पुन फिप्नाका सचिव शान्ति गुरुङ, फिप्नाका कोषाध्यक्ष कृष्ण महर्जन, मगर संघ अमेरिका न्युर्योक च्याप्टरका अध्यक्ष रत्न सिंह गुरुङ, सामाजिक अभियान्ता तथा अन्तराष्ट्रिय रेफ्री पर्खि खालिङ राई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वयमसेवक संयोजक जिङ्मी लामा र चलचित्र निर्देशक दिनेश लिङदेनलाई विशेष सम्मान गरिएको थियो ।
याङ्वरक गाउँपालिका वडा न. ४ पाँचथर स्थाइ घर भएका सम्मानित निर्देशक लिङ्देन विगत २५ वर्षदेखि नेपाली चलचित्र उद्योगमा रहेर भाषा सस्कृति सस्कार कला आदिको बिकास एवम् विस्तार गर्ने गराउने प्रकारका चलचित्रहरु निर्देशन गर्दै आएका छन् ।
नछुङ्ग धामी पदम बहादुर राईले साकेला पूजा गर्दै उपस्थित सबैलाई टिका लगाएर आर्शिवाद दिएका थिए भने उक्त साकेला कार्यक्रमको संचालन सस्थाको महासचिव सिर्जना बहिङले गरेकी थिइन् ।
प्रतिक्रिया