गोरखा जिल्लाबाट भबिष्यको सुनौलो सपना बोकेर आजभन्दा ५ वर्ष अगाडि अमेरिकाको भर्जिनियामा आई बसोबास गरिरहेका कर्मठ, लगनशिल दिपकराज पुडासैनी दुर्भाग्यवश २०२२ को डिसेम्बरदेखि सानो आन्द्राको चौथो चरणको क्यान्सर बाट पीडित हुनुहुन्छ ।
उहाँको विभिन्न चरणमा गरेर हालसम्म ५ पटक सर्जरी र २५ पटक किमो भै सकेको छ । उहाँ गत हप्ता देखि पुनः किमो लिईरहनु भएको छ ।
डाक्टरको सल्लाह बमोजिम थप उपचारको लागि मेक्सिकोमा जानको लागि ६० हजार देखि ७५ हजार डलरसम्म खर्च लाग्ने देखिएको छ । विगत ३ वर्षदेखि निरन्तर उपचार भइरहेको र उहाँको श्रीमतीको एकल कमाईमा बिरामी श्रीमान र २ छोराहरु सहित सिंगो परिवार आर्थिक संकटमा परेकोले देश विदेशमा रहेका सबैलाई सहयोगको अपेक्षा गरिएको छ ।
सहयोग गर्न यहाँ थिच्नु होस् :https://www.gofundme.com/f/help-dipak-fight-stage-4-cancer?
प्रतिक्रिया