वारेन बफेटको ऐतिहासिक दान: पाँच प्रतिष्ठानलाई ६ बिलियन डलर बराबरको हिस्सा प्रदान

इनेप्लिज २०८२ असार १५ गते २:०७ मा प्रकाशित

बिश्व विख्यात लगानीकर्ता तथा बिश्वकै धनाढ्य शीर्ष १० भित्र पर्ने वारेन बफेटले आफ्नै कम्पनी बर्कशायर हाथावेको ६ बिलियन डलर बराबरको सेयर पाँच संस्थाहरुलाई दान दिने घोषणा गरेका छन्।

सन् २००६ यता बफेटले यी संस्थाहरुलाई दिएको कूल रकम अब झण्डै ६० बिलियन डलर पुगेको छ।

शुक्रबार राति जारी वक्तव्यमा बफेटले बर्कशायर हाथावेका करिब १ करोड २४ लाख वर्ग ख शेयरहरू सोमबार हस्तान्तरण गरिने जानकारी दिए। बर्कशायर हाथावेले गाइको र डेरीक्विन जस्ता दर्जनौं कम्पनीहरू स्वामित्वमा लिएको छ। वर्ग ख अर्थात् क्लास बी शेयरको मूल्य हाल प्रतिशेयर ४८५.६८ डलर रहेको छ।

सेयर प्राप्त गर्ने संस्थाहरूमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन ९४ लाख शेयर, सुसान थोम्पसन बफेट फाउन्डेशन ९ लाख ४३ हजार तथा क्रमस शरवुड फाउन्डेशन,हावर्ड जी. बफेट फाउन्डेशन र नोभो फाउन्डेशनले ६ लाख ६० हजार ३६६ शेयर प्रत्येकले पाएका छन् ।

बफेटले गत वर्ष उनको निधन भएपछि गेट्स फाउन्डेशनलाई दान रोक्ने भनेका थिए । र बाँकी सम्पत्ति आफ्ना छोराछोरीले सामाजिक कार्यमा वितरण गर्नेछन्।

बर्कशायरको वर्ग ख (क्लास बी) शेयर गत १२ महिनामा १९.१% ले वृद्धि भएको छ, जुन अमेरिकी बजारको औसत १४.१% भन्दा उच्च हो। बफेटले भने, “सादा र दीर्घकालीन निर्णय, अमेरिकी अवसर र चक्रवृद्धि प्रभावले आजको सम्पत्ति बनाएको हो। मेरो वसीयतपत्र”वसीयतले ९९.५% सम्पत्ति परोपकारी प्रयोजनका लागि छुट्याएको छ।”

“मेरो वसीयतले मेरो सम्पत्तिको करिब ९९.५% परोपकारी प्रयोजनका लागि छुट्याइएको छ भनी व्यवस्था गरेको छ।” यस अर्थमा, वारेन बफेटले आफ्नो मृत्युपछि सम्पत्ति कसरी वितरण हुने भन्ने निर्णय वसीयतपत्रमा लेखेर तय गरेका छन्।

प्रतिक्रिया