अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको जापान शाखा गठन, केन्द्रले गर्यो अनुमोदन

इनेप्लिज २०८२ वैशाख २७ गते १०:०३ मा प्रकाशित

अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका ( Federation of International Journalist, America ) को विधान अनुसार जापानमा स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासँग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखा गठन भएको छ। सात सदस्यीय कार्यसमितिको गठन प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको छ।

कार्यसमितिका अध्यक्षका रूपमा एभिन्यूज टेलिभिजनको स्थापनाकालदेखि नै कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय रहँदै हाल जापान ब्यूरो प्रमुख तथा Exclusive News Time अनलाइनका प्रधान सम्पादक उत्तम प्रसाद गौंडेललाई चयन गरिएको छ।

उपाध्यक्षमा जापान समाचारडटकम का प्रधान सम्पादक गोकर्ण अधिकारी, महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ती सुबेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल, र कोषाध्यक्षमा Exclusive News Time अनलाइनका कार्यक्रम संयोजक संगिता कुँवर चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा जापान समाचारडटकमका कार्यकारी सम्पादक जगत बहादुर खड्का र हेर्निकुराका लक्ष्मण पाठक चयन भएका छन्।

कार्यसमितिका पदाधिकारीहरू:
१. अध्यक्ष – उत्तम प्रसाद गौंडेल
२. उपाध्यक्ष – गोकर्ण अधिकारी
३. महासचिव – मुक्ती सुबेदी
४. सचिव – नारायण रिमाल
५. कोषाध्यक्ष – संगिता कुँवर
६. सदस्य – लक्ष्मण पाठक
७. सदस्य – जगत बहादुर खड्का

जापान शाखालाई केन्द्रसँग समन्वय गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको नीति, नियम र विधानअनुसार कार्य गर्न अनुमति दिइएको छ। अध्यक्ष उत्तम प्रसाद गौंडेलसहित सम्पूर्ण कार्यसमिति परिवारलाई हार्दिक बधाई !

हस्ताक्षर :
टंक दाहाल – महासचिब
May 09, 2025

प्रतिक्रिया