अध्यावधिक गरिएको : लिभरपुल विजय परेड भीडमा गाडी पस्यो: कम्तीमा ३ घाइते, ५३ वर्षीय व्यक्ति पक्राउ

इनेप्लिज २०८२ जेठ १३ गते २०:११ मा प्रकाशित

अध्यावधिक गरिएको : लिभरपुल फुटबल क्लबको प्रिमियर लिगको जितको उत्सव मनाउन हजारौं समर्थक सहरको केन्द्रमा भेला भइरहेका बेला एक गाडी भीडमा पसेर आतंक मच्चाएको छ। मर्सीसाइड प्रहरीले लिभरपुल क्षेत्रका ५३ वर्षीय एक स्वेत बेलायती पुरुषलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

तर उनी नै चालक हुन् भन्ने बारे अझै अनुसन्धान जारी रहेको बिबिसीले जनाएको छ। कम्तीमा ३ जना घाइते भएका छन् ।

प्रिमियर लिग इङ्ग्ल्यान्डको शीर्ष तहको व्यावसायिक भकुण्डो प्रतियोगिता (फुटबल लिग) हो। प्रिमियर लिग विश्वकै सबैभन्दा चर्चित, प्रतिस्पर्धात्मक र धनाढ्य भकुण्डो प्रतियोगिताहरूमध्ये एक हो। यसमा २० वटा क्लबहरू सहभागी हुन्छन् ।

क्लबका प्रवक्ताले घटनापछि जारी गरेको वक्तव्यमा भनेका छन्, “हामी मर्सीसाइड प्रहरीसँग सीधा सम्पर्कमा छौं। घटनाबाट प्रभावित सबैप्रति हाम्रो गहिरो सहानुभूति छ।”

प्रत्यक्षदर्शीहरूका अनुसार, जब लिभरपुलको खेल टोली बोक्ने सवारी साधन (बस) उक्त क्षेत्रमा पुगिसकेको थियो, त्यसको करिब १० मिनेटपछि एक गाडीले डेल गल्ली हुँदै भिडमा पसेको थियो। मानिसहरू भाग्न थाले, चिच्याउन थाले। त्यहा उपस्थित एक बुबाले भने, “मैले मेरी छोरी समातेँ र सडकबाट हाम फालेँ।”

घटनास्थलमा ठूलो संख्यामा प्रहरी, दमकल, रुग्णवाहिणी (एम्बुलेन्स) तथा बिमान रुग्णवाहिणी (एयर एम्बुलेन्स )परिचालित छन्। तीन घाइतेहरूलाई बाहक खाट (स्ट्रेचर)मा लगिएको देखिएको छ। वाटर मार्गमा दमकलका दुई गाडीले सडक अवरुद्ध गरेका छन् । र एउटा त्रिपाल समेत राखिएको छ ।

लिभरपुल नगर परिषद (सिटी काउन्सिल)ले प्रहरीसँग समन्वय गर्दै रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ र जनताको सुरक्षालाई प्राथमिकता दिइएको छ।

यो भन्दा अगाडीको समाचार हेर्न यहाँ थिच्नु होस् :

https://www.enepalese.com/2025/05/460263.html

प्रतिक्रिया