म्याग्दी । बेनी नगरपालिका १०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालयप्रति तलदेखि माथी सम्मै समस्या देखिएको छ ।,’ उहाँले भन्नुभयो- ‘त्यही कुरालाई मध्यनजर गरेर शिक्षकहरुले पेशालाई मर्यादित बनाउदै समाजको धारणा परिवर्तन गर्न आफू जागरुक हुनुपर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि रोकाले शैक्षिक गुणस्तर सुधारमा वडाले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले विद्यालयले अघिसारेका योजनालाई वडाले प्रथामिकीकरण गरेर काम गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । अध्यक्ष रोकाले विद्यालयका लागि आवश्यक विज्ञान प्रयोगशाला, विषयगत शिक्षकको समस्या समाधानका लागि नगरपालिकासंग समन्वयन गरिरहेको बताउनु भयो । उहाँले राज्यले लगानी गरे अनुसार सामुदायिक विद्यालयहरुको नतिजा आउन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा गलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश बानियाले अहिलेको समयमा सामुदायिक विद्यालयको मुख्य समस्या नै विद्यार्थीसंख्या कम भएको बताउनु भयो । विविधकारणले विद्यालयमा बालबालिका कम भएपनि शौक्षिक गुणस्तर कायम गदै विद्यार्थीको चौतर्फी विकासमा विद्यालयले ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्थानिय युवा स्याुन पाइजाले विद्यालयको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले विद्यालयको आयव्यलाई चुस्तदुरुस्त बनाउन सुझाब समेत दिनभयो । त्यस्तै विव्यस सदस्य अशोक रोकाले विद्यालयको मुहारपर्ने गरि नयाँ योजना आएकोमा सुखी व्यतm गदै कार्यन्वयनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । विद्यालय व्यवगस्थापन समितिका अध्यक्ष टिका बहादुर पाइजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
भावि योजना प्रस्तुत गर्दै प्रअ अधिकारीले संस्कारसहित गुणस्तरीय शिक्षा र सीपमा जोड दिँदै “जीवन्त विद्यालय र संस्कारयुक्त विद्यालय” अबधारणामा काम गर्ने बताउनु भयो । उहाँले विद्योदयले शिक्षा मात्र हैन, जीवन निर्माणको आधार तयार पार्ने ध्येय राखेको बताउनु भयो । प्रअ अधिकारीले भन्नुभयो–हामी विद्यालयलाई संस्कारयुक्त जीवन्त शिक्षालयको रुपमा विकास गर्दैछौं, जहाँ बालबालिकाहरू ज्ञानसहित मानव मूल्य, व्यवहारिक सीप, आत्मविश्वास र सिर्जनात्मकताले समृद्ध बनून् भन्ने हाम्रो आकांक्षा हो । “जीवन्त विद्यालय र संस्कारयुक्त विद्यालय” बनाउन शैक्षिक गुणस्थरियता, अतिरिक्त कृयाकलापहरू, नेतृत्व विकासका कार्यक्रमहरू र नैतिकवान तथा व्यवहार कुशलताको लागि संस्कारयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने बताउनु भयो । त्यस्तै अधिकारीले विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्घोष पनि गर्नुभयो । विद्यालयले विद्यालयका हरेक गतिविधि हेर्न www.vbsbeni.edu.np बेव साइट र आफ्नै नामको मोबाइल एप समेत सञ्चानमा ल्याएको छ ।
विव्यस अध्यक्ष पाइजाले संस्कारयुक्त गुणस्तरीय शिक्षा आजको आवस्यकता रहेको बताउँदै विद्यालयले युग सुहाउँदो शिक्षाको लागि महोत्वकाँक्षी योजना अघि सारको बताउनु भयो । उहाँले आफ्नो योजनालाई सफल बनाउन सबै सरोकारवालालाई सहयोगको अपिल समेत गर्नुभयो ।
शिक्षक कुमार पाइजाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक अमृता जिसी रोकाले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सदन स्तरीय छात्र बास्केटबल प्रतियोगितामा रेड हाउन प्रथम र ब्लु हाउस द्वितीय भएका छन् । अभिभावक नृत्य र विद्यार्थीहरुको सामुहिक नृत्य प्रदर्शन गरेका थिए । त्यसतै विद्यालयमा अध्ययनर दलित तथा छात्राहरुलाई छात्रवृत्ति र दिवाखाजा र वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको छ ।
विद्यालयले विदागतरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ । २०८१ सालको वार्षिक परीक्षामा उत्कृष्ट दुई विद्यार्थी सुप्रिया पाइजा र आस्था रामजालीलाई समाजसेवी मोतिलाल पुनले एकदर्शन कपि र व्याग पुरस्कार सौजन्य गर्नुभयो । त्यस्तै पुनले सरसफाइ तर्फ इच्छा रोका र विपिना पुनलाई एक दर्जन सावुन र कपि सौजन्य गुर्नभयो । नियतिम हाजिरीमा अर्पण रोका र राधीका पुन र खाजा अफ दि यरमा सयम रोका पुरस्कृत भएको सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुभयो । अनुसाशनमा सुप्रिया पाइजा र मालनी पाइजा र सर्वोउत्कृष्ट विद्यार्थीको पुरस्कार आस्था राम्जालीले प्राप्त गर्नुभयो । यसैविच २०८१ सालको आधारभूत तह उर्तीण विद्यार्थीहरुको सम्मान सहित विदाई पनि गरिएकोछ । कार्यक्रममा विद्यालयका महिला शिक्षकहरु र विद्यार्थीहरुले उत्कृष्ट नृत्यकला प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया