शनिबार युक्रेनको अग्रमोर्चा क्षेत्रमा रूसी क्षेप्यास्त्र आक्रमण हुँदा ९ वर्षीया बालिकाको मृत्यु र १६ वर्षीय किशोरी घाइते भएकी छन्। यो जानकारी जापोरिझियाका गभर्नर इभान फेदोरोभले दिएका हुन्।
“डोलिन्का गाउँमा भएको विस्फोटले एउटा घर पूर्ण रूपमा ध्वस्त बनायो भने अन्य केही घर, सवारीसाधन र गोठहरू पनि क्षति पुगे,” फेदोरोभले टेलिग्राममा लेखे।
यूक्रेनी वायु सेनाका अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म रुसले युक्रेनभर १०९ वटा मानव रहित यान (ड्रोन) र ५ वटा क्षेप्यास्त्रहरु प्रहार गरेको थियो। तीमध्ये ३ वटा क्षेप्यास्त्र र ४२ वटा मानव रहित यान (ड्रोन) वायु रक्षा प्रणालीले खसालेको र थप ३० वटा मानव रहित यान( ड्रोन)ले लक्ष्यमा नपुगी क्षति नगरी खेर गएको जनाइएको छ।
यसबीच, युक्रेनी मानव रहित यान (ड्रोन) आक्रमणले रुसको कर्स्कक्षेत्रमा पर्ने रायल्स्क शहर र अर्टाकोभो गाउँमा अपार्टमेन्ट भवनमा क्षति पुर्याउँदा १४ जना घाइते भएका छन्, जसमा ४ बालबालिका पनि छन्। आक्रमणले केही स्थानमा आगलागीसमेत भएको बताइएको छ।
शान्तिवार्तासँग सम्बन्धित रूपमा, युक्रेनी राष्ट्रपतिको प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले इस्तानबुलमा सोमबारदेखि प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताए पनि क्रेमलिनले आफ्नो शान्ति प्रस्तावसम्बन्धी ज्ञापनपत्र नपठाएकाले अन्योल रहेको जनाएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कागजात लुकाएको आरोप लगाउँदै भने, “रूसले कागजात नदिएर कूटनीतिक प्रयासलाई कमजोर पार्दैछ। वार्ताको ढाँचा स्पष्ट छैन।”
प्रतिक्रिया