इजरायली रक्षा बलद्वारा इरानी एफ-१४ र क्षेप्यास्त्र स्थलमा ठूलो हमला, हेजबुल्लाह र हमासलाई इरानी सहयोगमा धक्का

इनेप्लिज २०८२ असार ७ गते २१:०७ मा प्रकाशित

इजरायली रक्षा बल (आईडीएफ) ले ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत इरानभित्र सैन्य लक्ष्यहरूमा ठूलो हमला गरेको घोषणा गरेको छ। यस कारबाहीमा करिब ६० इजरायली लडाकु विमानहरू संलग्न थिए । उक्त बिमानहरुले इरानको केन्द्रीय भागमा रहेका क्षेप्यास्त्र भण्डारण स्थलहरू, वायु रक्षा प्रणाली र राडार प्रणालीहरूलाई निशाना बनाएका थिए।

सामाजिक संजालमा इजरायली रक्षा बलले श्रब्यदृश्य(भिडियो)वर्णन सहित प्रकाशन गरेको छ ।

आईडीएफका प्रवक्ता सहायक रथी (ब्रिगेडियर जनरल )एफी डेफ्रीनले शनिबारको एक पत्रकार सम्मेलनमा इजरायली बिमानले जमिनमा रहेका तीन इरानी एफ-१४ लडाकु विमानहरूलाई पनि ध्वस्त पारेको बताए। “यो हमला इरानको मुटुमा गरिएको थियो,” डेफ्रीनले भने।

आईडीएफले इरानको क्षेप्यास्त्र उत्पादन र प्रक्षेपण सञ्जाललाई भत्काउनमा ध्यान केन्द्रित गरिरहेको बताएको छ। डेफ्रीनले भने, “हामी क्षेप्यास्त्र उत्पादन श्रृंखलाको हरेक तत्वलाई निशाना बनाउँदैछौं।” उनले इरानको प्रक्षेपण क्षमतामा तीव्रता कमी आएको पनि बताए ।

यस कारवाहीका क्रममा आईडीएफले हमास र अक्टोबर ७ को आतंकवादी हमलासँग जोडिएका वरिष्ठ कुड्स बलका सेनापति सइद इजादीको पनि सफाया गरेको घोषणा गरेको छ। इजादीले हमासलाई हतियार र कोषको तस्करी गर्ने काम गरेका थिए। गाजामा बरामद गरिएका कागजातहरूबाट मोहम्मद सिनवार, हमासका अर्का शीर्ष नेता जो आईडीएफद्वारा मारिएका थिए ।

यसका साथै आईडीएफले बेहनम शहरीयारीलाई पनि सफाया गरेको छ, जो हेजबुल्लाह र यस क्षेत्रका अन्य इरानी-समर्थित समूहहरूलाई हतियार उपलब्ध गराउने जिम्मेवारीमा थिए।

विगत एक हप्तामा इरानले इजरायलमा १,००० भन्दा बढी मानव रहित यान (ड्रोन) प्रक्षेपण गरेको आईडीएफले जनाएको छ। तीमध्ये अधिकांश इजरायली हवाई क्षेत्र बाहिरै रोकिएका थिए। इजरायली बिमानहरू, उदग्रबिमान (हेलिकप्टर)हरू र नौसेना बलहरूले मानवरहित हवाई यान पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै लगभग ९५० मानव रहित यान (ड्रोन)हरू प्रक्षेपण हुनुअघि नै नष्ट गरेका छन्।

उत्तरी क्षेत्रमा इजरायली नौसेना र वायुसेनाले लेबनानमा हेजबुल्लाहका स्थानहरूमा हमला गरेका छन्, जसमा क्षेप्यास्त्र स्थलहरू र रादवान बलका संरचनाहरू समावेश छन्।

प्रतिक्रिया