डा. भोला रिजाल यो बर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार तथा सम्मानबाट सम्मानित

इनेप्लिज २०८२ असार ७ गते १९:५२ मा प्रकाशित

नेपालक चर्चित डा. भोला रिजाल यो बर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार तथा सम्मानबाट सम्मानित भएका छन् ।

केही बर्ष यता सपरिवारका साथ अमेरिका बस्दै आई रहेका बहु प्रतिभाशाली ब्यक्तित्वका धनि लेखक-निर्देशक-सम्पादक अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी -प्रशिक्षक-निर्णायक तथा नृत्य विज्ञ बिकाश घले गुरुङले आफ्ना बाबु (लाल)- आमा (समुन्द्रा) गुरुङको स्मृतिमा लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार स्थापना गरेका हुन ।

बहुप्रतिभा भएका अग्रज ब्यक्तित्वहरुलाई सम्मान र नब युवाहरुलाई प्रोत्साहनको लागि यो पुरष्कार स्थापना गरिएको संस्थापक तथा संरक्षक बिकास घले गुरुङ बताएका छन् । सुरुमा क्षेत्रीय स्तरबाट सुरु गरियता पनि पछि यसलाई राष्ट्रिय स्तरको बनाईएको हो ।

यो सम्मान तथा पुरष्कार हालसम्म कलाकार-लेखक-निर्देशक ओम प्रतिक गुरुङ, गितकार – संबिधानविद भीमार्जुन रेग्मी ,गायिका अभिनेत्री- पुर्व समाचारबाचिका- पुर्व राष्ट्रिय भलिबल खेलाडि कोमल वली , अग्रज कलाकार-लेखक-निर्देशक- निर शाह, जनप्रिय हास्य कलाकार –गायक- समाजसेवी महजोडी, कलाकार क्याप्टेन बिजय लामा जस्ता ब्यक्तित्वहरुले ग्रहण गरिसकेका छन् ।

यसै शिलशिलामा यो वर्षको लाल-समुन्द्र राष्ट्रीय बहुप्रतिभा पुरष्कार डा. भोला रिजाललाई प्रदान गरिएको छ । डा. रिजाल चिकित्सा क्षेत्रमा चर्चित स्त्रीरोग बिशेषज्ञ हुन् भने कलाकार क्षेत्रमा चर्चित गायक तथा गीतकार हुन् । उनको चर्चित गीत मेरो पौवा पाटिलाई , मेरो देश डुब्न लाग्यो,चोरि भो चोरु भो आदि हुन । डा.रिजाल नेपाल मेडिकल कलेजका पूर्व अध्यक्क्ष पनि हुन ।

बिश्व सङगीत दिवशका अवशर पारेर नेपाल सङगीतिक सङघले काठमाडौँमा आयोजना गरेको एक साङगीतिक कार्यक्रममा उक्त सम्मान तथा रु २५०००/- सहितको पुरस्का प्रदान गरिएको हो ।

यो संगसंगै उक्त कार्यक्रममा शिव शँकर मानन्धर राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार , रत्न शमशेर थापा राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार, प्रेमध्वज प्रधान राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार ,पुष्प नेपाली राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार ,फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा साङगितिक सम्मान तथा पुरष्कार, शुभबहादुर सुनाम राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार , राजेश-लक्ष्मी नृत्य गुरु राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार र नेपाल सांगितिक संघ राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार पनि बिभिन्न श्रस्टाहरुलाई प्रदान गरिएको थियो ।

पुरस्कार प्रत्यक बर्ष जुन २१ तारिक बिश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघ लगायत बिभिन्न सांगीतिक संस्थाहरुको संयुक्त आयोजनामा गरिनि भब्य कार्यक्रमका बिच प्रदान गरिन्छ।

प्रतिक्रिया