वासिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गर्ने सॅदिग्ध प्यालेस्टाइन समर्थक युवक पक्राउ

इनेप्लिज २०८२ जेठ ९ गते १४:०९ मा प्रकाशित

वासिङ्टन डीसी – प्यालेस्टाइनी समर्थक एक व्यक्तिले इजरायली दूतावासका दुई कर्मचारीलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका छन्। घटनामा परी संलग्न मध्ये एक अमेरीकी र अर्का इजरायली नागरिकको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरायलको अमेरिकी दूतावासले मृतकहरूको परिचय यारोन लिस्चिन्स्की र सारा मिल्ग्रिमको रूपमा सार्वजनिक गरेको छ। उनीहरू चाँडै नै विवाह गर्ने तयारीमा थिए।

बुधबार राति करिब ९:०८ बजे, वासिङ्टन डीसीको सॅग्रहालय  नजिक भएको गोलीकाण्डबारे थुप्रै सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर एक पुरुष र एक महिलालाई अचेत अवस्थामा फेला पारेको थियो। 

जीवनरक्षाका प्रयासहरू विफल भएपछि दुबैलाई मृत घोषणा गरिएको महानगर प्रहरी बिभाग पामेला स्मिथले जानकारी दिइन्।

घटनाका मुख्य आरोपी ३० वर्षीय एलियास रोड्रिगेज, जो शिकागो निवासी हुन्, एक्लैले यो आक्रमण गरेका विश्वास गरिएको छ। प्रहरीले घटनास्थलबाट हतियार पनि बरामद गरेको छ।

घटना पछाडि राजनीतिक वा वैचारिक कारण कति बलियो थियो भन्ने अनुसन्धान भइरहेको छ। यस घटनाले राजधानीमा सुरक्षा र कूटनीतिक सम्बन्धबारे थप बहस उत्पन्न गरेको छ।

प्रतिक्रिया