अमेरिकाको मिनेसोटा राज्यका सिनेटर जोन होफम्यान आफ्नी श्रीमतीसहित १४ जुनमा भएको गोलीकाण्डमा घाइते भएका थिए अब गम्भीर अवस्थाबाट बाहिर आएका छन्। उनी हाल पुनःस्थापना केन्द्रमा छन्।
होफम्यानको श्रीमती इभेट होफम्यानले सोमबार जानकारी दिँदै भनिन्, “जोन अब गहन सघन कक्ष (आइसीयू)बाट बाहिर छन्।” उनले अस्पतालबाट खिचिएको एउटा तस्बिर पनि सार्वजनिक गरिन् ।
उनीहरू दुबैलाई आफ्नै घरको ढोकामा एक व्यक्तिले गोली हानेका थिए । जुन व्यक्तिले गोली हाने उनले आफूलाई प्रहरी भनेर परिचय दिएका थिए । सिनेटर होफम्यानलाई उनले आक्रमणकारीलाई रोक्ने प्रयास गर्दा ९ पटक गोली लाग्यो ।
उनकी श्रीमती इभेटलाई पनि धेरै चोट लाग्यो। उनकी छोरी होपले तुरुन्त ढोका बन्द गरी प्रहरी बोलाएकी थिइन् । तर, त्यही बन्दुकधारीले अर्को नेतृ मेलिसा होर्टम्यान र उनका श्रीमानलाई गोली हानी हत्या गरेका थिए ।
५७ वर्षीय वान्स ब्वेल्टरलाई यस घटनाका लागि अमेरिकी संघीय अदालतले राजनीतिक हत्या र आक्रमणको अभियोगमा मुद्दा चलाएको छ। संघीय वकिल जो थोम्पसनले यसलाई “राजनीतिक हत्या प्रयास” भनेका छन्।
होफम्यान र होर्टम्यान दुवै डेमोक्राटिक किशान श्रम दलकाका नेता हुन्।
प्रतिक्रिया