अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यार्थीहरूको ऋण माफी दिने एउटा कार्यक्रमलाई परिवर्तन गर्ने भएका छन् ।
जसको कारण केही मानिसहरूलाई यो परिवर्तन राजनीतिक कारणले हुन सक्ने र यसले आप्रवासी तथा परालैङ्गिक युवाहरूलाई सहयोग गर्ने संस्थाहरूलाई असर गर्न सक्ने डर भएको एपीले आफ्नो समाचारमा जनाएको छ ।
‘पब्लिक सर्भिस लोन फर्गिभनेस’ अर्थात् सार्वजनिक सेवा ऋण माफी कार्यक्रम नामक यो कार्यक्रमले सरकारी कर्मचारीहरू, जस्तै: शिक्षक र दमकलकर्मीहरू, साथै धेरै गैर-नाफामूलक संस्थाहरूमा काम गर्ने व्यक्तिहरूलाई १० वर्षसम्म ऋण तिरेपछि उनीहरूको विद्यार्थी ऋण माफ गरिदिन्छ।
तर अब शिक्षा विभागले यस कार्यक्रममा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको छ। नयाँ नियम अनुसार, “गैरकानूनी काम” मा संलग्न संस्थाहरूलाई यो सुविधाबाट वञ्चित गरिनेछ। कुन काम गैरकानूनी हो भन्ने अन्तिम निर्णय अमेरिकी शिक्षा सचिवले गर्नेछन्। शिक्षा विभागले तयार पारेको एउटा मस्यौदामा आप्रवासन, आतंकवाद र परालैंगिक (ट्रान्सजेन्डर)सँग सम्बन्धित विषयहरूलाई ‘गैरकानूनी’ भनी परिभाषित गरिएको छ।
यस मस्यौदामाथि सल्लाह दिन बोलाइएका केही विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यो योजनाले धेरै विद्यार्थी ऋण लिनेहरूलाई ऋण माफीबाट वञ्चित गर्न सक्छ। अहिलेसम्म १० लाखभन्दा बढी अमेरिकीहरूले यो कार्यक्रममार्फत ऋण माफी पाइसकेका छन्, जसमा स्वास्थ्य परिचारिका (नर्स), बिश्व बिद्यालय तथा महाबिद्यालय लगायत पनि पनि पर्छन्।
ट्रम्पले गत मार्चमा यस कार्यक्रममा परिवर्तन गर्न आदेश दिएका थिए। उनले यो कार्यक्रमले “राष्ट्रको सुरक्षालाई हानि पुर्याउने कार्यकर्ता संस्थाहरूमा करदाताको पैसा दुरुपयोग गरेको” घोषणा गरेका थिए ।।
प्रतिक्रिया