अनेसासले युगकवि सिद्धिचरण श्रेष्ठलाई विश्वभर चिनाउँदै

सुरेन उप्रेती भिक्टोरिया २०८२ जेठ १३ गते ११:०३ मा प्रकाशित

यही मे २४ तारिख २०२५का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) केन्द्रले युगकवि सिद्धचरण श्रेष्ठको ११४औं जन्मजयन्ती मनायो । अनेसासका केन्द्रिय अध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बरिष्ठ उपाध्यक्ष कवि लालगोपाल सुवेदीले स्वागत गर्नु भएको थियो । श्री सुवेदीले आफुले छन्दको कविता वाचन गर्दा युगकविबाट धाप पाएको स्मरण गर्दै कविलाई भेट्न उहाँकै निवासमा पुगेको कुरा बताउनु भयो । युगकविका बिबिध बिधाहरूको चर्चा गर्दै उहाँ स्वछन्दबादि प्रगतिशिल कवि भएको भन्दै चर्चा गर्नु भयो । कार्यक्रममा कवि कविन्द्र सिटौलाले हे सिद्धि भन्दै कवितामा
सिद्धिचरणको चर्चा गर्दै युगकविप्रति आफ्नो कविता समर्पण भएको कुरा बताउनु भयो ।

अनेसासका बोर्डअफ ट्रस्टीका अध्यक्ष साहित्यकार पदम विश्वकर्मले युगकविको योगदाका बारेमा जति चर्चा गरे पनि नसकिने अथाह रहेको कुरा बताउनु भयो । साहित्य, सामाजिक परिवर्तन, र राजनीतिमा समेत उहाँको योगदान रहेको कुरा व्यक्त गर्नु भयो । युगकविको अद्धितिय प्रतिभा र समर्पणको चर्चा गर्नु भयो । युगकवि नेपाली साहित्यको धरोहर हुनु हुन्छ । उहाँको बारेमा बिभिन्न बिद्वानहरूद्वारा लिखित पुस्तक छ । सबैले खोजेर पढ्नका लागि अनुरोध गर्छु भन्नु भयो । त्यस्तै गरी अनेसास केन्द्रका बालसमिति संयोजक तथा अनेसास केन्द्रका पूर्व महासचिव सुरेन उप्रेतीले युगकविको बारेमा स्लाइड सो प्रस्तुत गर्नु भयो । सो स्लाइड सोमा नेपालको नक्शा भित्र एकनम्वर प्रदेशमा ओखलढुङ्गा जिल्लारहेको छ । ओखल ढुङ्गा भित्र सिद्धिचरण नगरपालिका रहेको छ । त्यस पछी युगकविको जन्म देखि वाल्यकाल, शिक्षादिक्षा, र कृतिको बारेमाचर्चा गर्नु भयो । कविका कृतिहरूलाई स्लाइडमा प्रस्तुत गरिएको थियो । युगकविले कक्षा पाँचमा पढ्दा १९८४मा लेखेको पहिलो कविता “सन्ध्या”को बारेमा चर्चा गर्नु भयो । कविका बिभिन्न काव्यगत प्रवृतिका बारेमा उदाहरण सहित विष्लेशण गर्नु भयो । कविले समाजलाई रूपान्तरण गर्न राणाशासनको बिरूद्धमा जनचेतना जगाउने उर्जा भर्नु भएको थियो । उहाँ भूईंमान्छेका कवि अर्थात जनताका कवि हुनु हुन्थ्यो भन्नु भयो । हामीले जन्मजयन्तिलाई मनाउनेमात्रमा सिमित नभइ युगकविका बारेमा कविता ,कथा, निबन्ध, जस्ता बिबिध बिषयमा लेखेर बालबालिकालाई पठनपाठन गराउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तैगरी जर्जिया च्याप्टरका अध्यक्ष मिरा कोइरालाले नेपाली साहित्यको महिमा शीर्षकको कविता वाचन गर्नु भयो । जसमा सबै अग्रजकविहरूको योगदानलाई कवितामा समावेश गर्नु भएको थियो । त्यस्तै गरी बोर्डअफ ट्रस्टीका सल्लाहकार तीर्थ अधिकारीले युगकविलाई कसरी युगकविको उपाधीले सम्मान गरियो भन्ने बारेमा प्रकाश पार्नु भयो । अग्रजस्रस्टाहरूका जन्मदिनहरू हाम्रा पर्वहरू चाहाडहरू जस्तै हुन । युगकविमा बिराट काव्य चेतना ,युगबोध गरेर, समस्या र समाधानका उपाय पनि सुझाउनु प्रतिभा थियो । सामाजिक र राजनैतिक चेतनालाई सदैब बोकेर हिंड्नु पर्छ भन्नु भयो । उज्यालो दिन ल्याउन अँध्यारो रातसंग लड्नै पर्छ । सार्थकता भनेकै यही हो । त्यस्तो बल र शाहस साहित्यबाट मात्र आउँछ । कविले स्वछन्दबादी काव्य सृजना गर्नु भयो । तर पछी उहाँलाई मानिसहरूका दुखपिडा बोधभयो । उहाँले समाजका व्यथाहरूलाई काव्यमा समेट्नु भयो । त्यसैले युगबोध गर्ने मानिस भएर युगकवि उपाधीले सम्मानित हुनु भयो । अर्काकवि जगन्नाथ पौडेलले नबिउँझने रहर शीर्षकको कविता सुनाउनु भयो । जसमा सामाजिक बन्धन , भुगोललाई चिरापारेर बन्धनमा पारेको छ । नक्कली छायाँबाट मुक्त हुन चाहान्छु भन्ने कविता सुनाउनु भयो ।

त्यस्तै अनेसास केन्दिय सदस्य पुष्पा खनालले अदृष्य समय शीर्षकको सुन्दर कविता सुनाउनु भयो ।जुन चैत्र महिनाको मधुपर्कमा पनि प्रकाशित भएको थियो ।त्यस्तै प्रेमप्रसाद शर्माले कविता बिसाएँ भन्ने बसन्ततिलका छन्दको कविता सुनाउनु भयो । कार्यक्रममा बरिष्ट साहित्यकार सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका पूर्व महासचिव अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौलाले युगकवि सिद्धिचरणको बारेमा प्रकाश पार्नु भयो । सिद्धिचरणका नाममा बाटाका नामहरू राखिएको , हुलाक टिकटमा युगकविको तश्विर राखेर छापिएको, प्रज्ञाप्रतिष्ठानका हलमा युगकवि सिद्धिचरणको नाम राखेको कुरा जानकारी दिनु भयो । आफ्ना बुबाको देहवशानमा पनि बाहिर आएर दागबत्ती दिन राढाहरूले रोकेका थिए । प्राध्यापक सिटौलाले युगकविको अध्यात्म दर्शनमा आधारित आत्म बिलौना खण्डकाव्यको चर्चा गर्नु भयो । सिद्धिचरण श्रेष्ठको बारेमा महाकाव्य लेख्नु हुने श्री सिटौलाले युगकविका बिभिन्न आयामका बारेमा व्याख्या गर्नु भयो । सिद्धिचरणले जेलमा पनि कविता छन्द र बिबिध विषयमा शिक्षा दिनु हुन्थ्यो भन्दै आफ्नो कविता सुनाउनु भयो । अनेसासका अभियान र अनेसासले पुर्याएका योगदानको बारेमा
चर्चा गर्नु भयो ।

नेपालबाट भोजराज न्यौपाने जोडिनु भएको थियो । उहाँले मन्दक्रान्ता छन्दमा कलम शीर्षकको कविता सुनाउनु भयो । त्यस्तै केन्टकी च्याप्टर अध्यक्ष बद्री दाहाले गधकविता बाज र चल्लाहरू शीर्षकको कविता सुनाउनु भयो । बर्तमान स्थिति र सन्दर्वलाई कवितामा उतार्नु भएको थियो । त्यस्तै गरी यूरोपबाट केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईले आफ्नो भूमिमा फर्कने बेला भयो की भन्ने कविता मार्फत स्वदेशमा फर्कन आव्हान गर्नु भयो । ।त्यस्तै नेपालबाट जोडिनु भएका साहित्यकार डाक्टर सरिता श्रेष्ठले कविता आफ्नो कविता वाचन गर्नु हुँदै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा दोहाएयरपोर्ट पुग्नुभएकी अनेसास केन्द्रिय सदस्य तारा उप्रेती, केन्द्रिय कोषाध्यक्ष तारा अधिकारी, उपेन्द्र ,रसाबाट विश्वसाहित्य महासंङ्घका बरिष्ठ उपाध्यक्ष तथा गैरआवासिय अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार गोविन्द गौतम जोडिनुभएको थियो ।

कार्यक्रमलाई अनेसासका केन्द्रिय महासचिव साहित्यकार राजु सिटौलाले सुन्दरढंगले सहजीकरण गर्नु भएको थियो । उहाँको भर्खरै प्रकाशित कविता संग्रहबाट सुन्दरफूलहरू शीर्षकको सुन्दर कविता वाचन गरेर सुनाउनु भयो । कार्यक्रमका अध्यक्षता गरिरहनु भएका अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासले प्रवासमा नेपाल प्रज्ञाप्रतिष्ठान भन्दा पनि अझै धेरै काम गर्न सक्नु पर्दछ । नेपालमा भवन बनाएर अर्काइव राख्नु पर्छ । सबै नेपाली लेखकहरूका किताबहरू पढ्न पाउने व्यवस्था गर्नु पर्दछ भन्नु भयो । अमेरिकामा पनि भवन बनाउन शुरूवात भै सकेको छ । यसलाई सबै मिली सम्पन्न गर्नु पर्दछ भन्नु भयो । अनेसासको कार्यकाल तीनबर्षको बनाउनु पर्छ र नेपालमा पनि भवन निर्माण गर्ने कुरालाई बोर्डअफ ट्रस्टिका अध्यक्षले पहल गर्ने कुरा बताउन भएको छ यी कुरालाई सबै मिलेर सम्पन्न गर्नु पर्छ भन्नु भन्नु भयो । अनेसासले नेपाली भाषालाई पुर्याउनु पर्दछ । नेपालीहरूले नोवेलपुरस्कार नपाए सम्म हाम्रो अभियान टुट्नु हुँदैन । त्यसपछी नेपालीहरूले अझ प्रेरित भएर नेपाली साहित्यलाई बढाउनेछन् भन्नु भयो । त्यस पछी आफ्नो प्रकाशोन्मुख कविता संग्रहबाट यस्ता क्रान्तिका कुरा नगर भन्ने शीर्षकको व्यग्य र यथार्थ मिश्रित कविता सुनाउनु भयो । अध्यक्ष वाग्लेले सबै सहभागीहरू, श्रोताहरू तथा दर्शकहरूलाई धन्यवाद प्रदान गर्नु भयो । फेसबुकमाप्रत्यक्ष प्रसारण भएको कार्यक्रम जुममा गरिएको थियो ।

प्रतिक्रिया