सजिलो छैन यहाँ
पीडा लुकाउन
बताउँ कसलाई बताउँ ?
साथीभाइलाई भन्न
मेरो मर्दाङ्गीले दिँदैन
समाजले गिज्याउने डरले
रोइ कराइ गर्न हुँदैन
छोरो मान्छे परेँ म
ससुराली गएर
पीडा बिसाउन मिल्दैन
घरमा भनूँ
हुतिहाराको ट्याग लाग्छ
त्यसैले अचेल
मेरो बास
साँइलीको भट्टीमा हुन्छ
दुई चोक्टा भुटनेस र
तिन पानेको चुस्कीसंगै
सारा पीडा
निमेष भरमै
सफाचट हुन्छ।
मदन बस्नेत, टोरोन्टो।
प्रतिक्रिया