चितवनमा ‘बिगुल’ को सुटिङ धमाधम

इनेप्लिज २०८२ जेठ १८ गते ११:१५ मा प्रकाशित

काठमाडौं,१७ जेठ ।

निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् ।

‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत र केही सिन काठमाडौंमा खिच्ने छौं ।’ दिनेश कोइरालाको कथा रहेको फिल्ममा समाजीक बिषयबस्तु उठान गरिएको छ ।

बेनीशा हमाल,नरेन खड्का,बिनोद न्यौपाने,नीर शाह,रबिन्द्र खड्का,रमेश बुढाथोकी,गीता अधिकारी,सरोज खनाल,शिसिर वाङ्देल,इश्वरी बराललगायतका साथमा नव अभिनेत्री मिरा पण्डित मुख्य भूमिकामा रहेको फिल्मले मनोरञ्जनका साथमा समाजीक सन्देश समेत प्रस्तुत गर्ने बताइन्छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता कल्पना पौडेल हुन् ।

कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नेछन् । शिब ढकालको छायांकन रहेको फिल्ममा एनवी महर्जनको द्वन्द्व निर्देशन,मौनता श्रेष्ठको पटकथा,श्याम केसीको निर्माण ब्यबस्थापन छ । फिल्म ०८२ भित्रै दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।

प्रतिक्रिया