हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ
यो पवित्र भुमिको पवित्रता चिन्न सक्नुपर्छ
हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर चिनिन्छौ
हामी सबैमा एकता छ एकताले देश बनाउछौ
शिरमा हाम्रो हिमाल छ हृदयमा मेची काली
आयौ बिरताको गाथा लिएर शान्तिको सन्देश बोकि
सुन्दर छन तराईका फाटहरु सुन्दर छन हिमालका दृश्यहरु
मुलुकमा दिगो विकास गर्न गर्नु पर्छ क्रान्तिहरु
देश प्रतिको प्रेम कस्तो हुन्छ देखाउनु छ ?
देशभक्त सपुत बनेर देखाउनु छ
देशको लागि बाचौ हामी देशको लागि बाच्नुपर्छ
आफू भन्दा बढि देशलाई माया गर्नुपर्छ
हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ
यो पवित्र भुमिको पवित्रता चिन्न सक्नुपर्छ
हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर चिनिन्छौ
हामी सबैमा एकता छ एकताले देश बनाउछौ
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रतिक्रिया