रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गतेबाट

इनेप्लिज २०८२ जेठ १५ गते १०:०३ मा प्रकाशित

काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गते बिहिबारदेखि प्रसारण हुने भएको छ । एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ । केहि महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि-जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन लिइसकेको छ । निर्णायक टीममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्था महक मिडिया नेटवर्कले गराएको छ ।

अभिनयका बादशाह भनेर चिनिने निर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’को छनोट गर्नेछन् ।


कार्यक्रममा सहभागी हुनको लागी बाल कलाकार, युवा कलाकारको साथ साथै बृद्दहरुको समेत रुची देखिएको छ ।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन् । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।

‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन् । कार्यक्रमका सञ्चालक श्रीजल रुपाखेती हुन्।

प्रतिक्रिया