मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:१७
वासिङटन डिसी 08:32

एएनएको उप-कोषाध्यक्ष पदमा क्यानाडाका बिनय गौतमको मनोनयन

इनेप्लिज २०७७ असोज ११ गते १३:३९ मा प्रकाशित

विजय थापा,डिसी । दि एसोसिएसन अफ नेपालिज इन दि अमेरिकाज(एएनए)ले क्यानाडाका बिनय गौतमलाई उप-कोषाध्यक्ष पदमा मनोनयन गरेको छ । एएनएको कार्यकारी समितिको गत सेप्टेम्बर २० आइतबारका दिन आयोजना गरेको जुम बैठकले गौतमलाई उक्त पदमा मनोनयन गरेको हो ।

एएनएका अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष अधिकारीले उहालाई मनोनयन गरे पछि कार्यकारी समितिले सर्वसम्मतिबाट अनुमोदन गरेको छ ।

गत अगस्त ३० ,२०२० मा पनि अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले उत्तर अमेरिकामा विभिन्न सामाजिक संस्थामा आबद्ध तथा समाजसेवीहरुलाई ट्रस्टि सदस्य,सल्लाहकार तथा समिति सदस्यमा मनोनयन समेत गरेको थियो ।

गत सेप्टेम्बर २६ का दिन एनएनएका संचार निर्देशक तथा प्रवक्ता लक्ष्मण प्रधानले प्रकाशित गर्नु भएको छापा बिज्ञप्तिमा गौतमलाई उक्त पदमा मनोनयन गरेको जनाउनु भएको छ ।

ईनेप्लिज परिवारको तर्फबाट शुभकामना ! 

 

 

 

 

 

प्रतिक्रिया