“चीनलाई जोगाउने ट्रम्पको सहानुभूति! तर अहिले चीनले सम्झौता उल्लंघन गऱ्यो”

इनेप्लिज २०८२ जेठ १७ गते १४:१० मा प्रकाशित

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सॅजाल ट्रुथ सोशलमा ताजा प्रकाशन गर्दै चीनसँगको व्यापार सम्झौता उल्लंघन भएको बताएका छन्। 

दुई हप्ता अघि चीन गम्भीर आर्थिक संकटमा परेको बताउँदै ट्रम्पले लेखे, मैले लगाएको अत्यधिक शुल्कले चीनलाई विश्वको शीर्ष एक बजार अमेरिकामा व्यापार गर्न असम्भवजस्तै बनायो। यसले चीनमा धेरै कारखाना बन्द भए ।

उनले भने चीनको अवस्था हेरेर दुःख लाग्यो । मलाई लाग्यो , चीन डुब्ने अवस्थामा थियो, त्यसैले मैले तुरुन्त सम्झौता गरे र स्थिति सामान्य भयो। सबै खुसी भए, उनले लेखे।

तर अब ट्रम्पले गम्भीर आरोप लगाउँदै भने दुःखको कुरा चीनले त्यो सम्झौता पूर्ण रूपमा उल्लंघन गरेको छ। 

राष्ट्रपति ट्रम्पको यो प्रकाशनले  चीन–अमेरिका व्यापार सम्बन्धमा फेरि तनाव बढ्ने संकेत मानिएको छ।

प्रतिक्रिया